प्रवास |


युक्रेनबाट ५ सय ११ नेपाली बाहिरिए, ४० जना नेपालीको परिवारले युक्रेन छोड्न चाहेनन्

Posted on March 04, 2022 | views : 1158 |

फागुन २०, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित भई युक्रेनबाट ५ सय ११ नेपाली सो देशबाट बाहिरिएका छन् । बाहिरिएका अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन् ।  रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकलाई बिहीवार साँझ सम्बोधन गर्दै जर्मनीका ला

Read More

रुस–युक्रेन द्वन्द्वप्रभावित २४४ नेपाली सकुशल सुरक्षित गन्तव्यमा

Posted on February 28, 2022 | views : 746 |

फागुन १६, काठमाडौँ । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ ।  आज एक प्रेस

Read More

युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह

Posted on February 26, 2022 | views : 1132 |

फागुन १४, काठमाडौँ । सरकारले युक्रेनमा फसेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड र हंगेरी हुँदै बाहिर निस्कन आग्रह गरेको छ । युक्रेन हेर्ने जिम्मेवारी पाएको जर्मनीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी युक्रेनमा रहेका नेपालीलाई ती राष्ट्र हुँदै बाहिर निस्कन आग्रह गरेको हो ।  ‘हिजो र आज समेत ग

Read More

रुस र युक्रेनको युद्धको आकलन गर्दै परराष्ट्र मन्त्रालयद्वारा युक्रेनका नेपालीहरुलाई फर्किन आग्रह

Posted on February 23, 2022 | views : 991 |

फागुन ११, काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्यांकन गरी अति आवश्यक परी त्यहीँ रहनुपरेमाबाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन भनेको छ।

Read More

२० हजार अमे‍रिकी डलरसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

Posted on February 23, 2022 | views : 1009 |

फागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एकजना भारतीय नागरिक करिब २० हजार अमे‍रिकी डलरसहित पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए । प्रह

Read More

बेचिएकी सल्यानकी महिलाको भारतको सिमलाबाट पाँच महिनापछि उद्धार

Posted on February 09, 2022 | views : 1625 |

माघ २६, महेन्द्रनगर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका स

Read More

प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त

Posted on February 06, 2022 | views : 1111 |

माघ २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ । राष्ट्रपति भण

Read More

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

Posted on February 02, 2022 | views : 977 |

माघ १९, काठमाडौँ | मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए ।  सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भ

Read More

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

Posted on January 26, 2022 | views : 1034 |

माघ १२, काठमाडौँ | हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक– दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज द

Read More

४० वर्षको शिक्षण पेशापछि मौरीपालनतिर

Posted on January 25, 2022 | views : 1027 |

माघ ११, बागलुङ | केटाकेटीलाई कक्षाकोठामा ज्ञानगुनका कुरा सिकाउने चुर्णबहादुर रानाको दिनचर्या हिजोआज मौरी स्याहर्दैमा बित्छ । ४० वर्षको शिक्षण पेशापछि उहाँको सेवानिवृत्त जीवन मौरीपालनमा बितिरहेको छ ।  चाहेको भए रानाले जागिरपछिको जीवन फुर्सद र आराममा पनि बिताउन सक्नुहुन्थ्यो । नपुग्दो केही थिएन ।

Read More

कहिले आउछ मौसममा सुधार ?

Posted on January 25, 2022 | views : 786 |

माघ ११, काठमाडौँ | पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्

Read More

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

Posted on January 25, 2022 | views : 1210 |

माघ ११, काठमाडौँ । लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ । दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा बैं

Read More

सोलुखुम्बुमा माइनस १३ डिग्री सेल्सियस तापक्रम

Posted on January 24, 2022 | views : 1101 |

माघ १०, सोलुखुम्बु | हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा दोस्रो पटक परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङको तापक्रम माइनस १३ डिग्रीसेलसियसमा झरेको छ ।  यहाँका बासिन्दा घरबाट खासै बाहिर निस्कन सकेका छैनन् । घरैमा दाउरा बाल्ने र शरीरलाई न्

Read More

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

Posted on January 24, 2022 | views : 877 |

माघ १०, बनेपा | मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने  जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लाग

Read More

‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती

Posted on January 23, 2022 | views : 845 |

 माघ ९, काभ्रेपलाञ्चोक | ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ । सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषद्मा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ ।  पनौती नगरपालिक

Read More

नेपाली युवतीलाई रसियन बताउँदै भारतमा सेक्स र्‍याकेट !

Posted on January 23, 2022 | views : 1627 |

एजेन्सी | भारतको भोपालस्थित अरेरा कोलोलीमा रहेको इडन स्पा सेन्टरमा यौन व्यवसाय सञ्चालन गरेको खुलासा भएको छ । स्पाका मालिक गौरव बाधवनीले नेपाल र उत्तरपूर्वी भारतबाट ल्याएका युवतीलाई रसियन बताएर ग्राहक सामु पेश गर्ने गरेका थिए । यसका लागि उनले ग्राहकबाट मोटो रकम असुल्ने गरेको भारतीय मिडियाले जनाएका छन

Read More

कञ्चनपुरमा चितुवाले गोठकै चौपाया खान थाल्यो

Posted on January 23, 2022 | views : 1095 |

माघ ९, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका चौपाया खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको  छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् । नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात

Read More

बर्दिबासका भूमिहीन भन्दछन्, ‘लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ’

Posted on January 23, 2022 | views : 1018 |

माघ ९, महोत्तरी | वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ । नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिय

Read More

हुम्लामा हिमपातः जनजीवन कष्टकर

Posted on January 21, 2022 | views : 1242 |

माघ ७, हुम्ला | हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि  चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच

Read More

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

Posted on January 21, 2022 | views : 840 |

माघ ७, मङ्गलबारे | जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।   &

Read More

जिबजिबेको झोलुङ्गे पुल जोखिममा

Posted on January 21, 2022 | views : 1083 |

माघ ७, रसुवा |  प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त सो क्षेत्रमा वर्षायाममा पहिरो जाने समस्याले  कालिका क्याम्पस

Read More

पाथीभरा क्षेत्रमा हिमपात

Posted on January 21, 2022 | views : 1051 |

माघ ७, फुङ्लिङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित  प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा  हिमपात भएको हो ।  हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र

Read More

भोलिदेखि मौसममा सुधार हुने

Posted on January 20, 2022 | views : 763 |

माघ ६, काठमाडौँ | पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावन

Read More

अमेरिकामा पनि हिमानी ट्रष्टको उद्घाटन

Posted on January 20, 2022 | views : 1025 |

माघ ६, काठमाडौँ | पूर्व युबराज्ञी हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ ।  अमेरिकास्थित डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पर्यटकीय शहर लिजबर्गमा एक समारोहकाबीच हिमानी शाहले बुधवार हिमानी ट्रष्ट युएसएको उद्घाटन गरेकी हुन् । पूर्व युबराज्ञी शाहले आफ्नो संस्था

Read More