स्वास्थ्य |


पोखरामा मतगनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

Posted on May 20, 2022 | views : 43 |

जेठ ६, पोखरा | पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ । राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्

Read More

पाँच वर्षीय छोराको हत्याको आरोपमा बाबु पक्राउ

Posted on May 19, 2022 | views : 93 |

जेठ ५, कपिलवस्तु | आफ्नै झड्केलो पाँच वर्षीय छोरा आशिष कुमालको कुटपिट गरी  हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहार छन् । उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।  कोहारले कुटपिट गर्दा गम्भीर

Read More

विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते

Posted on May 18, 2022 | views : 94 |

जेठ ४, भैरहवा | रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् ।  मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।                  

Read More

पुर्व मन्त्री हृदयेश त्रिपाठिको उम्मेदवार हारे त्रिपाठिको वडामा

Posted on May 17, 2022 | views : 108 |

श्याम थापा । जेठ ३, सुस्ता । पुर्व मन्त्री एवं जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय अध्यक्ष हृदयेश त्रिपाठिको जनता प्रगतिशील पार्टीबाट कोदालो बोकेको किसान चिन्ह लिएर वडा अध्यक्षमा उम्मेदवार भएका रामहरि उपाध्याय त्रिपाठीको वडा प्रतापपुर गाउँपालिका वार्ड न ६ बाट नै पराजित भएका छन् । आफुलाई मधेसको म

Read More

तौल कम गर्न प्लास्टिक सर्जरी गराउदा २१ वर्षिया नायिकाको मृत्यु

Posted on May 17, 2022 | views : 155 |

जेठ ३, काठमाडौँ | एजेन्सी | कन्नड टिभी अभिनेत्री चेतना राजको निधन भएको छ । २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन् । शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सो

Read More

भोलि होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

Posted on May 16, 2022 | views : 97 |

जेठ २, काठमाडौं | भोलि मंगलबार अर्थात १७ मे मा अन्तर्राष्ट्रिय होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरूद्धको दिवस मनाइँदैछ । 'हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार' भन्ने विश्वव्यापी नाराका साथ दिवस मनाउन लागिएको हो ।  यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पक्षमा वकालत गर्दै आएको सं

Read More

भक्तपुरमा नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टीको 'क्लिन स्विप'

Posted on May 16, 2022 | views : 157 |

जेठ २, भक्तपुर | भक्तपुर नगरपालिकाको मेयरमा करिब नाै गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सिमित भए

Read More

कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीको अग्रता

Posted on May 14, 2022 | views : 114 |

वैशाख ३१, धनगढी | कैलालीको चुरे गाउँपालिकामा एकिकृत समाजवादी पार्टीले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिएका नेकपा एसका लोकबहादुर सारु प्रारम्भिक मतगणनामा १८ मतले अगाडि छन् । प्रारम्भिक मतगणनाको १०० मतमा सारुले ५५ र एमालेका चक्र बोगटीले ३७ मत पाएका छन् ।

Read More

स्याङ्जाको वालिङमा जीप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

Posted on May 13, 2022 | views : 150 |

वैशाख ३०, काठमाडौं | स्याङ्जाको वालिङमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी मानवीय क्षति भएको छ । घटनाकाे विस्तृत विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले  जानकारी दिए । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको ग २ च ३०२६ नम्बरक

Read More

निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो, ६६.९ प्रतिशत कर्जा घर जग्गामा

Posted on May 11, 2022 | views : 109 |

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले वृद्धि भएको जनाएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो ।  ‘वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मस

Read More

के हो केरलाका ८० प्रतिशत बालबालिका प्रभावित भएको टमाटर फ्लू भाइरस ?

Posted on May 11, 2022 | views : 362 |

वैशाख २८, नयाँ दिल्ली | एजेन्सी | दक्षिणी भारतीय राज्य केरलाका धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस  फेला परेको छ । सिगेला ब्याक्टेरियाको कारणले गर्दा फुड पोइजोनिङका घटना बढिरहेका बेला धेरै जिल्लाहरूमा टमाटर फ्लू भाइरस फेला परेको हो ।  दुर्लभ भाइरल रोगका कारण केरलाका पाँच वर्षमुनिका ८० प्रतिश

Read More

कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

Posted on May 08, 2022 | views : 163 |

वैशाख २५, काठमाडौ | ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।  निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीह

Read More

नेपालमा थपिए १४ जना कोरोना संक्रमित

Posted on May 07, 2022 | views : 174 |

वैशाख २४, काठमाडौं | नेपालमा थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै सक्रिय संक्रमितको संख्या २०५ रहेको छ । पछिल्लो २४ घण्टामा २१ जना संक्रमण

Read More

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

Posted on May 06, 2022 | views : 178 |

वैशाख २३, काठमाडौँ | गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो भवनमा रहेका १० जना नागरिकलाई भने जीवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जार

Read More

केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

Posted on May 05, 2022 | views : 201 |

वैशाख २२, काठमाडौं | नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले फेरि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  स्थापितले काठमाडौं महानगरमा मेयरका उम्मेदवार रहेका बालेन शाहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको भन्दै आयोगले स्पष्टीकरण

Read More

नेपालमा कोरोनाबाट निको हुनेभन्दा संक्रमित हुने बढी, एक जनाको मृत्यु

Posted on May 04, 2022 | views : 471 |

वैशाख २१, काठमाडौं | पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन । मन्त्रालय

Read More

बालविवाह र मातृशिशु मृत्युदर घटाउन छोरीकाे बिमा

Posted on May 04, 2022 | views : 148 |

 वैशाख २१, भैरहवा | बालविवाह र उच्च मातृशिशु मृत्युदर घटाउन रूपन्देहीको गैँडहवा गाउँपालिकाले बालिका बीमा कार्यक्रम सञ्चालनमा ल्याइएकाे छ । २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न नपाइने भए पनि यहाँका जिल्लामा मातृशिशु मृत्युदर र बालविवाहको चर्को समस्या छ । यी दुवै समस्या न्यूनीकरणका लागि  रूपन्द

Read More

कोरोनाविरुद्ध स्वास्थ्य शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Posted on May 02, 2022 | views : 261 |

वैशाख १९, काठमाडौँ | सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकाले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधि

Read More

दिनमा कतिपटक कति घण्टाको अन्तरमा खाने ? के हो ‘इन्टरमिटेन्ट फास्टिङ’ ? यसो भन्छन् विज्ञहरू

Posted on May 02, 2022 | views : 406 |

वैशाख १९, काठमाडौँ | अहिलेको आधुनिक जीवन, दिनमा तीनपटक खाने किसिमले मिलाइएको छ । यसमा हामीलाई बिहानको खाना सबैभन्दा महत्वपूर्ण भनेर भनिएको छ भने त्यसपछि हामीले दिउँसो काममा खाजा खान्छौँ अनि अन्त्यमा बेलुकापख परिवारसँग अर्को ठूलो खाना खान्छौँ । तर के यही तरिका सबैभन्दा स्वस्थकर हो त ? यसरी हामीले कति

Read More

एमाले कार्यकर्ताको आक्रमणबाट माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते

Posted on May 01, 2022 | views : 365 |

वैशाख १८, सिन्धुपाल्चोक | पाँचपोखरी थाङपाल गाउँपालिकामा एमाले कार्यकर्ताको कुटपिटबाट नेकपा माओवादी केन्द्रका तीन जना कार्यकर्ता घाइते भएका छन् । पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरी माओवादी कार्यर्तालाई घाइते बनाएका हुन्

Read More

गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’

Posted on April 30, 2022 | views : 199 |

वैशाख १७, काठमाडौं | काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ । स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई

Read More

स्वतन्त्र वा बागी उम्मेदवारबाट उठ्नेहरुले पाए निर्वाचन चिह्न, कस्को निर्वाचन चिह्न के ?

Posted on April 30, 2022 | views : 157 |

वैशाख १७, काठमाडौं | निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्नमध्येबाट पाइरहेका छन्।  निर्वाचनमा सर्वाधिक चर्चा भएक

Read More

स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीबाट १ सय १३ जनाले लिए उम्मेदवारी फिर्ता

Posted on April 30, 2022 | views : 112 |

 वैशाख १७, भैरहवा | रुपन्देहीबाट स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये १ सय १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्येबाट रुपन्देहीको १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको  छ

Read More

दमबाट पुरुषको तुलनामा महिलाको मृत्युको सम्भावना दोब्बर

Posted on April 28, 2022 | views : 239 |

काठमाडौँ | दमबाट पुरुषको तुलनामा महिलामा मृत्युको सम्भावना दोब्बर रहेको बेलायतको एउटा गैरसरकारी संस्थाले चेतावनी दिएको छ । अस्थमा प्लस लङ युकेका अनुसार पछिल्लो पाँच वर्षमा बेलायतमा दमका कारण हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी महिलाहरू छन् । ‘ठूलो स्वास्थ्य असमानता’ सम्बोधन गर्न अझै केही गर्नु पर्ने

Read More