राजनीति |


प्रधानमन्त्री विरुद्धको मुद्दा: प्रधानन्यायाधीशले तोके आफ्नै इजलासमा पेशी

Posted on May 18, 2021 | views : 58 |

जेठ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथ र गैर सांसदलाई मन्त्री बनाएको कार्य बदरको माग गर्दै दायर भएका रिटहरुलाई प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलासमा पेशी तोकका छन्। प्रधानमन्त्री ओलीले गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेका रिटहरुको सुनुवाइ

Read More

ओली सरकारको भूलैभूलको रवैया

Posted on May 18, 2021 | views : 125 |

जेठ ४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन । उनले संसद् सदस्यको रुपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन् ।  गत वर्ष संसद्को सम्मान नै गर्ने गरेका छन् । गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बे

Read More

चिकित्सक सहितको टोली लिएर गोरखा हिंडे नारायणकाजी

Posted on May 17, 2021 | views : 301 |

जेठ ३, काठमाडौं । नेकपा (माओवादी) केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ सामग्रीसहित चिकित्सकको टोली लिएर गृह जिल्ला गोरखा लागेका छन्। उनी सोमवार चिकित्सक, ल्याब टेक्निसिएन र अन्य केही स्वयँसेवकसहित गोरखा लागेका हुन्। गोरखाको विभिन्न ठाँउहरुमा कोभिड संक्रमण बिस्तार भैरहेको र कोभिड हटस्पट बन्दै गै

Read More

सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्री पौडेलको निर्देशन

Posted on May 17, 2021 | views : 195 |

जेठ ३, मकवानपुर (रासस)। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, ज

Read More

प्रधानमन्त्रीको शपथ र सात मन्त्रीविरुद्ध सर्वोच्चमा रिट निवेदन

Posted on May 16, 2021 | views : 303 |

जेठ २, काठमाडौँ | प्रधानमन्त्री  केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथबारे स्पष्ट गर्न र गैरसांसदलाई मन्त्री बनाउने काम बदर गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन पेश गरिएको छ ।  राष्ट्रपति र  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृहमन्त्री रामबहादुर थापा, ऊर्ज

Read More

राष्ट्रियसभा निर्वाचनः ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट देखाउनुपर्ने

Posted on May 16, 2021 | views : 93 |

जेठ २, काठमाडौँ | निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा

Read More

ओली-नेपालबीच सहमतिसंगै एमालेमा बन्यो नयाँ कार्यदल, को-को छन् कार्यदलमा ?

Posted on May 16, 2021 | views : 400 |

जेठ २, काठमाडौं । सत्तारूढ  नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार भएको भेटले दुबै पक्षका ५/५ नेता रहेको कार्यदल बनाएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्ण

Read More

कोरोना खोप लगाउन धमाधम माननीयका आफ्ना मान्छेहरु संसद् सचिवालयमा !

Posted on May 16, 2021 | views : 273 |

जेठ २, काठमाडौँ | भारतबाट झिकाईएको कोरोनाविरुद्धको कोभिशिल्ड खोपको दुरुपयोग भएको छ । संसद् सचिवालय नयाँ बानेश्वरमा गत शुक्रवारदेखि सांसद, संसद्का कर्मचारी, मर्यादापालक र संसद हेर्ने पत्रकारका लागि भनि दोस्रो डोजको खोप लगाउन सुरु गरिएको छ । उक्त खोप लगाउन सांसदहरुले आ-आफ्नो मान्छे लैजाने गरेका छन् ।&

Read More

ओली-नेपालबीच ‘वान टु वान’ वार्ता सुरु, होला त सहमति ?

Posted on May 16, 2021 | views : 145 |

जेठ २, काठमाडौँ (रासस) । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र  नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका अवस्थामा दलका सङ्गठन र संरचनालाई सञ्

Read More

बाह्य सहायताका लागि अधिकतम प्रयास गर्न राजदूतलाई निर्देशन

Posted on May 16, 2021 | views : 193 |

जेठ २, काठमाडौँ (रासस)। सरकारले विभिन्न मुलुकमा सेवारत नेपाली राजदूतलाई कोभिड –१९ विरुद्धको खोप, औषधि र अन्य स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न निर्देशन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका  नेपाली राजदूतसँगको अप्रत्यक्ष बैठकमा खोप, चिकित्सा अक्सिजनसँग सम्

Read More

साउदी सहित ११ देशमा राजदूत सिफारिस, ९ जना राजनीतिक नियुक्ति

Posted on May 15, 2021 | views : 768 |

जेठ १, काठमाडौँ | सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ । सरकारले एक साता अगाडि नै विभिन्न देशमा राजदूत सिफारिस गरेपनि सो निर्णयलाई अहिलेसम्म औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन । ११ ११ देशमा राजदूत सिफारिस हुँदा दुई जना मात्र परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिसमा परेका छन् भने बाँकी ९ जना सत

Read More

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

Posted on May 15, 2021 | views : 225 |

जेठ १, काठमाडौँ | केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र ति

Read More

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, को को भए मन्त्री ?

Posted on May 14, 2021 | views : 681 |

वैशाख ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियु

Read More

प्रधानमन्त्री ओलीले लिए शपथ

Posted on May 14, 2021 | views : 306 |

वैशाख ३१, काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले शपथ लिएका छन् ।  २७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए । तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदी

Read More

ओलीलाई प्रचण्डको फोन : यो के तमासा गर्नुभएको ?

Posted on May 14, 2021 | views : 819 |

बैशाख ३१, काठमाडौं । माधव नेपाललगायत चार नेतालाई निलम्बन फुकुवाको निर्णय गरेपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई फोन गरेर यो के तमासा गर्नुभएको ? भनेका थिए। उनले तपाईंले त निलम्बन फुकुवा गर्नुभएछ, कारबाही फुकुवा गर्नुभएछ, तपाईं कारबाही फुकुवा गर्ने खालको मानिस त होइन किन यसो गर्नुभयो

Read More

ओलीको तेस्रो कार्यकाल, नेपालका ४२ औं प्रधानमन्त्री

Posted on May 13, 2021 | views : 414 |

 वैशाख ३०, काठमाडौँ (रासस) | प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण शुक्रबार अपर

Read More

सभापति देउवाद्वारा गैरेको निधनप्रति दुःख व्यक्त (विज्ञप्ति सहित)

Posted on May 13, 2021 | views : 424 |

वैशाख ३०, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेका निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीका महाधिवेशन प्रतिनिधि गैरेको काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा आज ५६ वर्षका उमेरमा निधन भएको हो । लोकतान्त्रिक वैदेशिक रोजग

Read More

केपी ओली प्रधानमन्त्री नियुक्त, सपथ भोलि हुने

Posted on May 13, 2021 | views : 426 |

वैशाख ३०, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपर

Read More

'बहुमतको सरकारका लागि दावी परेन' (विज्ञप्ति सहित)

Posted on May 13, 2021 | views : 202 |

वैशाख ३०, काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् । भट्टराईले

Read More

ओली-नेपाल सहमति, नयाँ सरकार गठनको समयसिमा आजै सकिदै

Posted on May 13, 2021 | views : 332 |

वैशाख ३०, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि एमालेकै नेतृत्वमा ओलीनै प्रधानमन्त्री बन्ने अवस्था आएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि नयाँ सरकार नबन्ने बुझेर कांग्रेस र माओवादी केन्द्रने नयाँ सरकारको दाव

Read More

पार्टीको सम्पूर्ण अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजित

Posted on May 13, 2021 | views : 261 |

वैशाख  ३०, काठमाडौँ (रासस)। नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका  सन्दर्भमा आवश्य

Read More

नारायणकाजीको आक्रोश : जनता ‘मारेर’ कसरी बस्‍न सकेको सरकार ?

Posted on May 13, 2021 | views : 221 |

वैशाख ३०, काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोभिडविरुद्धको लडाइँमा सरकारले गैरजिम्‍मेवार र नालायकीपन देखाएको भन्‍दै सबैले आफ्नो तर्फबाट पहल गर्नु पर्ने बताएका छन् ।नेता श्रेष्ठले बिहीबार विहान सामाजिक सञ्जालमा सरकारले महामारीको बेलामा गर्न सक्‍ने काम पनि नगरेको भन्‍दै अब सबैजनाल

Read More

माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमाले स्थायी कमिटीको निर्णय

Posted on May 13, 2021 | views : 237 |

वैशाख ३०, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी समिति

Read More

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक

Posted on May 13, 2021 | views : 237 |

वैशाख ३०, काठमाडौँ | नयाँ सरकार गठन, पार्टीभित्रको विवाद व्यवस्थापनलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नप

Read More