झापा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यो जिल्ला १६०६ बर्ग कि.मी. मा फैलिएको छ। यो जिल्लाको पूर्व र दक्षिणमा भारत, उत्तरमा इलाम, पश्चिममा मोरङ जिल्ला पर्दछन्। मानव विकास समग्र सूचकाङ्कमा तेस्रो स्थानमा रहेको यस जिल्लाको सदरमुकाम भद्रपुर हो, जुन पूर्व पश्चिम राजमार्गको बिर्तामोडबाट १३ कि.मी. दक्षिणमा पर्दछ । नेपालको सबभन्दा होचो भू-भाग केचना कवल -५८ मी. र सबभन्दा लामो पक्की पुल कन्काई (७०२ मी.) पनि यसै जिल्लामा पर्दछ। झापा जिल्ला खाद्यान्न उत्पादनको लागि पनि महत्वपूर्ण जिल्ला हो।
झापाको भौगोलिक स्थिति
- अक्षांस:- २६.२०” देखि २६.५०” उत्तर
- देशान्तर:- ८७.३९” देखि ८८.१२” पूर्व
- क्षेत्रफल:- १,६०६ वर्ग कि.मि.
- औषत लम्वाई:- लगभग ४६ कि.मि. (पूर्व पश्चिम)
- औषत चौडाई:- लगभग २९ कि.मि. (उत्तर दक्षिण)
- उचाई:- समुद्री सतहदेखि करिब ५८ मिटरदेखि ५०० मिटरसम्म रहेको छ।
झापा जिल्लाको सिमाना
पूर्व – बंगाल, भारत पश्चिम – मोरङ्ग उत्तर – इलाम दक्षिण – भारत
राजनैतिक एवं प्रशासनिक बिभाजन
विकास क्षेत्र – पूर्वाञ्चल जिल्ला – झापा सदरमुकाम – भद्रपुर
संसदिय निर्वाचन क्षेत्र-७ नगरपालीका – ८ इलाका – १७
गा. वि. स. – ३३ वस्ती संख्या – १९३४
झापामा अवस्थित प्रमुख नदिनालाहरु:
मावा नदी
रतुवा नदी
बिरिङ नदी
मेची नदी
कन्काई नदी