गायक पायलमाथि न्यूयोर्कमा हातपात

Posted on: 01 Jan, 2022

पुस १७, काठमाडौँ | नयाँवर्ष २०२२ को स्वागतका लागि अमेरिकाको न्यूयोर्कमा आयोजित एक कन्सर्टमा गीत गाइरहँदा गायक राजेशपायल राईमाथि हातपात भएको छ। स्टेजमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमै चढेर पछाडिबाट अंगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए।

हातपातको सार्वजनिक भिडियोमा ती युवकले अंगालो मारेर स्टेजमै पछाडि तानी हातपात गरिएको देखिएको छ। हातपात हुनासाथ आयोजकले स्टेजबाट युवकलाई बाहिर निकालेका थिए। हातपात कसले किन गर्यो भन्ने खुलेको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!