पसलेलाई अंकल भनेपछि युवतीमाथि निर्घात कुटपिट

Posted on: 23 Dec, 2021

एजेन्सी | भारतस्थित उत्तराखण्डको उधम सिंह नगरको कोतवालीमा यस्तो घटना सार्वजनिक भएको छ, जहाँ अंकल भनेर सम्बोधन गरेकै कारण एक पसलेले युवतीमाथि निर्घात कुटपिट गरेका छन्।


कुटपिटबाट गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

घटना सितारगञ्जको हो। युवतीले पसलेलाई अंकल भनि बोलाएकै कारण उनीमाथि निर्घात कुटपिट भएको प्रहरीले जनाएको छ। युवतीले उक्त पसलबाट ब्याडमिन्टन किनेकी थिइन्। त्यसमा खराबी देखिएपछि उनी साट्न पसल गइन् र भनिन्, ‘अंकल, यसमा केही खराबी छ। मलाई अर्को दिनुस् न।’ उनले यति के भनेकी थिइन् पसलेले अंकल भनेकै रिसमा उनीमाथि कुटपिट गर्न सुरु गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!