भारतले नेपाली भूमिमा सडक बनाउन रोकेन, लिपुलेकमा सडक निर्माण भैरहेको मोदीको दाबी

Posted on: 08 Jan, 2022

पुस २४, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएका छन् । 

नेपालले दुई वर्ष अगाडि नै सडक निर्माणप्रति आपत्ति जनाएपनि भारतले त्यसलाई जारी राखेको हो । 

भारतीय प्रधानमन्त्री मोदीले पुस १५ मा उत्तराखण्डको हल्द्वानीमा विभिन्न परियोजनाको शिलान्यास गर्ने क्रममा उनले मानसरोवर यात्रा सहज बनाउन लिपुलेकसम्मको सडक बनाइएको र त्यसमा थप विस्तारको काम भइरहेको अभिव्यक्ति दिएका हुन् । 

मोदीको पछिल्लो अभिव्यक्तिप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया दिएको छैन । यसअघि सडक निर्माणको विषय सार्वजनिक भएपछि यसअघि परराष्ट्र मन्त्रालयले त्यसप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको थियो ।

नेपाली भूमि लिपुलेक लामो समयदेखि भारतको नियन्त्रणमा छ । भारतीय सेनाको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा नेपालको सहमतिबेगर भारतले पूर्वाधार निर्माण तथा सडक विस्तारलगायतका काम गरेको छ । 

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर दुई देशबीच विवाद कायम छ । दुवैले सो क्षेत्रलाई आफ्नो भन्दै नक्सामा समेटेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!