रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बागलुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, पाेखरामा तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर तासुसाइकुमारी मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउरलगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।
जिल्लाको इतिहास
ऐतिहासिक तथ्यहरूमा बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरूः रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट पालाकाेट कोटजहारी नेपालमा गाभिएको पाइन्छ। वि.सं २०१८ सालमा देशलाई १४ अञ्चल ७५ जिल्लामा विभाजित गरिएपछि राप्ती अञ्चलको रुकुम जिल्लाको रूपमा यस जिल्लाले मान्यता पायो।
जिल्लाको नामाकरण
रुकुमकोटमा रहेको रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको जनश्रुति पाइन्छ।
भौगोलिक अवस्थिति
अक्षांश: २८ डिग्रि २९ मिनेट देखि २९ डिग्रि ० मिनेट उत्तर
देशान्तर: ८२ डिग्रि २९ मिनेट देखि ८२ डिग्रि ५३ मिनेट पूर्व
सिमाना: पूर्व- बागलुङ र म्याग्दी जिल्ला, पश्चिम-जाजरकोट जिल्ला, उत्तर-डोल्पा जिल्ला र दक्षिण- सल्यान र रोल्पा जिल्ला
क्षेत्रफल: २,९३,१८२ हेक्टर
सदरमुकाम: मुसीकोट, खलंगा(१,४४८ मिटर)
सबभन्दा होचोस्थान: ७५४ मिटर
सबभन्दा अग्लोस्थान: ६,००० मिटर
जडिबुटिहरू
रुकुम जिल्लामा पाइने प्रमुख जडिबुटिहरू यार्चागूम्वा, पाँचऔंले, कूरिलो, टिमूर, दाल्चिनी, गूर्जो, कुट्की, पाङर, बादलपाते, बोझो, हर्रो, चुत्राे,अमला, पदमचाल, सतूवा, हलहले, कूमकूम, चिराइतो, जटामसी,भलायो आदि हुनभने रूकुमकाे अिधिकांश भु भागमा चिउरि पाइने गर्छ ।
वन्यजन्तु तथा चराचुरुङ्गी
कस्तुरीमृग, नाउर, रातोबाँदर,ढेडु, झारल, थार, बाघ, भालु, खरायो, स्याल, दूम्सी, लोखर्के, गोहोरो, डाँफे, मुनाल, च्याखुरा, तित्रो, कालिज, ढुकुर, पिउरो, जुरेली, भद्रो, सारौं, वनकुखुरा आदि।