गोरखा नेपालको गण्डकी अञ्लमा अवस्थित एक जिल्ला हो । गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन पृथ्वीनारायण नगरपालिकामा पर्दछ ।
जनसंख्या
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसंख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन ।
धार्मिक स्थलहरू
यस बाहेक यहाँ शक्तिकी स्वरूप श्री भवानी कालिका र शिव स्वरूप श्री गुरु गोरखनाथ बाबा भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्ण स्थान छ ।
ऐतिहासिक
यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।
पर्यटकिय स्थलहरू
यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेरजस्तो उत्तरतिरको हिमाली श्रृङ्खला हुन् । संसारको पाँचै अग्लो हिमाल मनासलु यही भेकमा पर्छ । यहाँबाट धवलागिरी देखि गणेश हिमाल सम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदिनालाहरू, सम्ममैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदीले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका बिभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौर पानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जस बाट धादिङ जिल्लाको सिनानामा रहेको आरुघाट बजारको नजिकै बुढीगण्डकी नदिको सागुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा द्रव्य शाहको दरबार रहेको लिग्लिग कोट अनि श्रीनाथ कोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरि भेगमा हिन्दु धर्मावलम्बिहरूको प्रसिद्ध श्री नारद पोखरी रहेको छ । हजारौं भक्तजनहरू बर्षंनि यहाँ रक्षाबन्धन अथवा जनै पुर्णिमाको दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिन सम्म पैदल यात्रा गरि यहाँ आएर ऋषी नारद मुनिको पूजा गर्छन् । लमजुङ जिल्लाको सिमानामा अर्को पोखरी रहेको छ । जस्को नाम दुधपोखरी हो यो पनि उत्तिकै प्रसिद्ध छ ।
यस पोखरिबाट निस्केको पानी आज चेपे नदि बनि गोर्खा र लमजुङको सिमाना छुट्याउन मदत गरको छ । नारद पोखरीबाट निकास भै आज गोर्खाको बिच भागबाट दरौंदी नदी बगेको छ जसलाई धर्मनदि पनि भन्ने गरिन्छ ।