काश्मिर समस्या समाधानमा जोड

Posted on: 06 Jan, 2022

पुस २२, काठमाडौँ | नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले दक्षिण एशियाको स्थायित्व, समृद्धि र उन्नयनका निम्ति काश्मिर समस्या समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

यहाँस्थित पाकिस्तानी राजदूतावासले “काश्मिरीको आत्मनिर्णयको अधिकार’ विषयमा आयोजना गरेको छलफलमा उहाँले विकासको अथाह सम्भावना भएको दक्षिण एशिया काश्मिर समस्याका कारण विकासले अपेक्षित गति लिन नसकेको बताउनुभयो ।

७३ वर्षअघि संयुक्त राष्ट्रसङ्घले काश्मिरमा जनमतसङ्ग्रह हुनुपर्ने सुझाव दिएको स्मरण गर्दै उहाँले काश्मिरीहरुको आत्मनिर्णयको अधिकार कार्यान्वयनक गराउन अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताउनुभयो । 

त्यस अवसरमा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी, प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री शाह महमुद कुरेसीले जारी गर्नुभएको बेग्ला–बेग्लै सन्देश वाचन गरिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!