प्रवास |


विदेशबाट दसैं मनाउन फर्कँदै हुनुहुन्छ? यी सामान ल्याउँदा तिर्न पर्दैन भन्सार

Posted on September 27, 2022 | views : 2494 |

असोज ११, काठमाडौं | विदेशबाट दसैं मनाउन घर फर्कँदै हुनुहुन्छ? आफूलाई आवश्यक र मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन–कुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ। कुन–कुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन। कुन सामग्री

Read More

कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने

Posted on September 26, 2022 | views : 1043 |

असोज १०, काठमाडौं | कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।  २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना

Read More

वैदेशिक छात्रवृत्तिमा जापान अध्ययनका लागि मनोनित यी हुन् २५ जना निजामती कर्मचारी

Posted on September 22, 2022 | views : 757 |

असोज ६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना कर्मचारीहरूलाई जापानमा वैदेशिक छात्रवृत्ति अध्ययनका लागि मनोनयन गरेको छ ।  मन्त्रालयले बिहीवार उक्त सूचना प्रकाशित गरेको हो । भदौ २६ गते मन्त्रालयको सचिवस्तरीय बैठकबाट उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ । जापान सरकारको छात्

Read More

दुबईमा एक नेपालीले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

Posted on September 22, 2022 | views : 7038 |

असोज ६, काठमाडौँ | दुबईमा एक नेपालीले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।  विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरतले पाँच विजेता नम्बरहरू - १६, २७, ३१, ३७, ४२  मिलाएर शीर्ष पुरस्कार प्राप्त गरे। १ करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैया

Read More

भदौमा दुई अर्ब ४२ करोडको विद्युत भारततर्फ निर्यात

Posted on September 20, 2022 | views : 814 |

असोज ४, काठमाडौं | चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रूपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रूपैयाँ आर्जन गरेको छ । प्रााधिकरण

Read More

कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन

Posted on September 20, 2022 | views : 716 |

असोज ४, काठमाडौं | कुवेत टावरमा सोमबार साँझ नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरिएको छ । नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव तथा नेपालको संविधान दिवसको अवसर परेर नेपाल र कुवेतको झण्डा सो टावरमा प्रदर्शन गरिएको हो ।  नेपाली राजदूतावास कुवेतको पहलमा कुवेत सरकार परराष्ट्

Read More

साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा

Posted on September 19, 2022 | views : 908 |

असोज ३, काठमाडौं । साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ ।  सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।  साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा

Read More

कोरियामा एक नेपालीको मृत्यु

Posted on September 18, 2022 | views : 729 |

असोज २, काठमाडौँ | दक्षिण कोरियामा एक नेपालीको औद्योगिक दुर्घटनामा मृत्यु भएको छ । छुङ्छननाम्दोको छङयाङगुनको बंगुर फर्ममा कार्यरत लमजुङका इन्द्र गुरुङको शुक्रबार मृत्यु भएको हो ।  लमजुङ परिवार दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष मेघ वाइबाले ढलको पाइप मर्मतको क्रममा दुर्घटनामा परी गुरुङको मृत्यु भ

Read More

अब भैरहवा-कुवेत दैनिक उडान

Posted on September 16, 2022 | views : 881 |

भदौ ३१, काठमाडौँ | भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरू भएको छ । विमानस्थलका प्रवक्ता सुभास झाले शुक्रबारबाट दैनिक उडना सुरू भएको जानकारी दिए । यसअघि सातामा तीन दिन उडान गर्दै आएको जजिरा एयरवेजले नै दैनिक उडान सुरू गरेको हो । जजिराले भैरहवाबाट कुवेत उडान गर्दै आएको छ । १७४ जना यात्रु

Read More

एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

Posted on September 15, 2022 | views : 771 |

भदौ ३०, काठमाडौँ | भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो । रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मै

Read More

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाँदै

Posted on September 14, 2022 | views : 852 |

भदौ २९, काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का लन्डन जाने भएका छन् । आगामी असोज ३ गते लन्डनमै हुन लागेको महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । महारानीको यही भदौ २३ म

Read More

वैदेशिक रोजगारीमा गएका नेपालीलाई १०% सेयर आरक्षण, आइपीओ भर्न रेमिटेन्स बचत खाता खोल्नुपर्ने

Posted on September 12, 2022 | views : 1175 |

भदौ २७, काठमाडौँ | आइपीओ निष्काशन गर्दा १०% सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ । धितोपत्र बोर्डले सोमबार धितोपत्र दर्ता तथा निष्काशन (छौठौं संशोधन) नियमावली, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । आइपीओ भर्नका लागि वैद

Read More

नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट

Posted on September 11, 2022 | views : 1519 |

भदौ २६, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा–काठमाडौं–दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको हो । कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको

Read More

साउदीमा अलपत्र जुम्लाका नौ जनाको उद्धार

Posted on September 11, 2022 | views : 489 |

भदौ २६, काठमाडौँ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिका– १ का नौजना अलपत्र परेका थिए। एक महिनापछि उनीहरूलाई उद्धार गरी आइतबार नेपाल फर्काइएको हो। गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुनकुमार महतारा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र राप्रपाका युवा नेता अनुप थापाको पहलमा

Read More

मलेसियामा मृत्युदण्डको सजायबाट बचे एक नेपाली

Posted on September 08, 2022 | views : 1247 |

भदौ २३, काठमाडौँ | मलेसियाको पुनरावेदन अदालतले एक नेपालीको मृत्युदण्डको सजायलाई जेल सजायमा परिवर्तन गरिदिएको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार रोजगारीका लागि मलेसिया पुग्नुभएका धनुषाको गोविन्दपुरका सुरज देव साह तेलीलाई सुनाइएको मृत्युदण्डको सजायलाई पुनरावेदन अदालतले १२ वर्ष जेल सजायमा कायम

Read More

कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो

Posted on September 07, 2022 | views : 1466 |

भदौ २२, काठमाडौँ | कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्

Read More

साउदीमा ७८ नेपालीले पाए वहिर्गमन भिसा, एक महिनामा २४ नेपालीको मृत्यु

Posted on September 07, 2022 | views : 1031 |

भदौ २२, काठमाडौँ | एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरु हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएक

Read More

अमेरिकी उपसहायक मन्त्री होर्स्ट काठमाडौंमा

Posted on September 06, 2022 | views : 706 |

भदौ २०, काठमाडौँ | संयुक्त राज्य अमेरिकाका कार्यवाहक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नुभएको छ ।  उहाँ नेपालमा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित सम्मेलनमा भाग लिन काठमाडौं आइपुग्नुभएको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले दिएको छ ।

Read More

जेटस्टारले यात्रुसँग यसकारण माग्यो माफी

Posted on September 06, 2022 | views : 673 |

भदौ २०, काठमाडौँ | जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको हो ।  आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनास

Read More

अस्ट्रेलियामा श्रमशक्तिको अभाव भएपछि स्थायी आप्रवासन गर्ने पाउने विदेशीको कोटा बढ्यो

Posted on September 06, 2022 | views : 592 |

भदौ २०, काठमाडौँ | अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ। चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति द

Read More

जजिरा एयरवेजले पायो भैरहवाबाट सातै दिन उडानको अनुमति

Posted on September 06, 2022 | views : 955 |

भदौ २०, काठमाडौँ | जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ। एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सातामा सातै उडान गर्ने अनुमति पाएको हो।  नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन

Read More

‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह

Posted on September 05, 2022 | views : 1979 |

भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुल

Read More

भारतीय सेनाध्यक्ष ४ बजे आउने, यस्तो छ ५ दिने कार्यक्रम

Posted on September 04, 2022 | views : 739 |

भदौ १९, काठमाडौँ | भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे आज अपराह्न नेपाल आउँदै छन् । उनी अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पांडे नेपाल आउन लागेका हुन् ।  पाँचदिने नेपाल भ्रमणका क्रममा उनले सैनिक मञ्च सोमबार टुँ

Read More

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु

Posted on September 03, 2022 | views : 974 |

भदौ १८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ । युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८–७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।  मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाक

Read More