कतारमा कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालीले कतार प्रवेश पाउने नियमबारे जानकारी

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तब्य मध्ये एक कतारमा अहिले कोरोना संक्रमणको अवस्था बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा  कतारमा ३ हजार ८ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । 

कतारको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका हुन् । जसमध्य ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्किएका यात्रुहरु रहेका छन् । योसँगै कतारमा संक्रमितहरुको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ । 

कतारमा हालसम्म संक्रमण पछि निको हुनेको संख्या २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्र पनि ३ हजार ३८६ जना संक्रिमत निको भएका छन् । मंगलबार कतारमा ७२, ८५ र ८९ बर्षीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मंगलबार भएको ३ जनाको मृत्युसँगै मृतकको संख्या ६ सय ३० पुगेको मन्त्रालयले जनाएको छ । 

कतारमा सक्रिय कोरोना संक्रमितको संख्या ४२ हजार १ सय ४४ रहेको छ भने ५ सय ९२ जना यहाँको विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ८८ जनाको आईसीयूमा उपचार गराइराखेका छन् ।

कतारमा कोरोना संक्रमित भई स्वास्थ्य सम्बन्धि तत्काल कुनै समस्या भए वा संक्रमण सम्बन्धि कुनै जानकारी चाहिएमा १६००० मा फोन गरेर जानकारी टिपाउन सक्ने व्यवस्था छ ।

कतार सरकारले मान्यता दिएका खोपहरु निम्न रहेका छन्: 

- Pfizer / BioNTech (Comirnaty) - Two Doses

- Moderna (SpikeVax) - Two Doses

- AstraZeneca (Covishield / Oxford / Vaxzevria​) - Two Doses

- Jansen / Johnson & Johnson (only one dose)

नेपालबाट कतार प्रवेशको नियम  

कतारले अन्तर्राष्ट्रिय र स्थानीय स्वास्थ्य जोखिम सूचकहरू र विभिन्न देशहरूमा कोविड-१९ को महामारी विज्ञानको आधारमा असाधारण रातो देशहरूको दोस्रो सूचीको अतिरिक्त देशहरूलाई हरियो र रातो दुई सूचीमा वर्गीकृत गरेको छ। जसमा नेपाललाई कतारले असाधारण रातो देशहरूको सूचिमा समावेश गरेको छ । यो सूचिमा रहेकको कारण नेपालबाट कतार रोजगारमा जाँदा पूर्ण खोप लगाएर यात्रा गर्नुपर्छ । खोप लगाएको छैन भने ७ दिन क्वारेन्टिन बस्नु पर्छ । साथै नेपालबाट जाने यात्रुहरूले कतार पुगेपछि २ दिनको लागि होम क्वारेन्टाइनमा राखिने व्यवस्था छ । तर जानु अघि ७२ घण्टा भित्र नेगेटिभ पीसीआर परीक्षण गराउनुपर्ने हुन्छ ।

त्यस्तै कतार पुगेपछि होम क्वारेन्टाइनको २ दिनमा द्रुत एन्टिजेन परीक्षण (Rapid Antigen Test) गर्नुपर्छ । यदि COVID-19 परीक्षणको नतिजा नेगेटिभ आयो भने मात्र छाडिन्छ । यदी नेपालमा खोप नलगाई गएको अवस्थामा ७ दिनसम्म क्वारेन्टाइनमा राखिने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!