कपिलवस्तु नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चलमा पर्ने एउटा जिल्ला हो। यो जिल्लाको जिल्ला सदरमुकाम तौलिहवा हो। कपिलवस्तु जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर छ भने, नेपालको राष्ट्रिय जनगणना २०५८ अनुसार यहाँको जनसङ्ख्या ४,८१,९७६ थियो तर नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार ९१३२१ घरधुरी, २८५५९९पुरुष, २८६३३७ महिला गरी कूल ५७१९३६ जनसंख्या रहेको छ ।
नामाकरण
प्राचिनकालमा ऋषि कपिलद्वारा प्रतिपादित प्रकृती र पुरुषको द्वैदतामा आधारित दर्शनको जन्मभूमी भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामाकरण गरिएको थियो। कक्रुछन्द बुद्धको जन्मभूमी गोटिहवा र कनकमुनी बुद्धको जन्मभूमी निग्लिहवा (निग्लीसागर) पनि यसै जिल्ला अन्तरगत पर्दछन् ।
जिल्लाका ऐतिहासिक स्थलहरू तथा पर्यटकिय क्षेत्र
अठ्कुनीयाँ
अमौलीकोट
अरौराकोट
इटवा डरवा धनगढवा
कपिलवस्तु संग्राहलय
कुदान
गोटिहवा अशोक स्तम्भ
गौरीगंज
चंघाट
चेतरादेही
जगदीसपुर ताल
जोडी स्तुप
डंगरी
डेरवा स्तुप
तिलौराकोट
तौलेश्वर मन्दिर
दलदलवा
दुमुनियाँ
दोहनीकोट
धानखोला
निगालीकोट
पडसडवा
पिपरा स्तुप
पिपरी
बभनी
बर्दहवा
बलुहवा
बिकुलीकोट
मालपारा
मुर्चहवा पुरानोकुँवा
रक्षाबाबा
रामदतिवन कुटी
लम्तिया
लौहसरिया स्तुप
विजुवा
श्रृङ्गीऋषि धाम
सगरहवा ताल
समयमाईकोट आनन्दवाग
सरकुप पोखरी
सिसेनियाँ
सिसेनियाँ दरबसवा
सेमरा शिभमन्दिर
सोनवागढ
हर्देवा