प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक

Posted on: 09 Jan, 2022

पुस २५, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले उल्लेख  गरेका छन् ।

भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ ।

संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ । यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समीक्षा गरेका थिए । दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए । उनले औषधी, अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!