भारतमा विदेशबाट आएका सबैलाई सात दिन क्वारेन्टिन अनिवार्य

Posted on: 08 Jan, 2022

पुस २४, काठमाडौँ | भारतमा विदेशबाट आएका सबैलाई सातदिने होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको हो । 

अहिले ल्याइएको नयाँ नियम जनवरी ११ देखि कार्यान्वयनमा आउनेछ । 

कोरोना भाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक साता होम क्वारेन्टिन अनिवार्य गर्ने व्यवस्था लागू गरेको हो । 

भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको संक्रमण अत्यधिक बढेको छ । 

भारतमा अहिले तीन हजार सात जना ओमिक्रोनका सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । तिमध्ये एक हजार १ सय ९९ जना भने कोरोनामुक्त भएका छन् । 

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख ८४ हजार भन्दा धेरै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!