कतारमा आज संक्रमित मध्ये ६ सय ३३ जना विदेशबाट फर्किएका, एकै दिन तीन हजार बढी संक्रमित !

Posted on: 09 Jan, 2022

पुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ७० हजार ६५१ पुगेको छ । 

यस अवधिमा ५१२ जना संक्रिमत निको भएका छन् । योसंगै निको हुनेको संख्या पनि २ लाख ४८ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६३३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या २१ हजार ९६८ रहेको छ भने ५३४ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ५५ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!