पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगञ्ज सहर पर्दछ।
जिल्लाको नामाकरण
जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।
भौगोलिक अवस्थिति
अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
उचाई:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)
केही रमणीय स्थलहरू
श्री गहवा माईको मन्दिर, , श्री वीरेन्द्र प्रभात घडी (घन्टाघर) , श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीमाई को मन्दिर, महुवन मठ, पर्सा वन्यजन्तु आरक्ष, श्री विश्व हिन्दू पार्क लछमनवा,श्री दुधेशवरनाथ मन्दिर(भठ्ठा मेला)
प्रमुख नदीनाला
उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि।