भारतमा हिन्दुवादी नेताको गोली हानी हत्या

Posted on: 04 Nov, 2022

कात्तिक १८, काठमाडौं | भारतको पञ्जाबको अमृतसरमा गोपाल मन्दिर बाहिर हिन्दुवादी नेता सुधिर सुरीको गोली हानी हत्या गरिएको छ । गोली लाग्ने बित्तिकै उनलाई तुरुन्त अस्पताल लगियो जहाँ डाक्टरले उनलाई मृत घोषित गरे ।

सुधिर सुरीको नाम पहिला पनि विवादमा आएको छ । अघिल्लो वर्ष जुलाई महिनामा उनलाई एक समुदायप्रति आपत्तिजनक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!