भैंसी चराउन गएका चौधरी ४ दिनदेखि बेपत्ता

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | दाङको लमहीमा भैंसी चराउन गएका मालिक सम्पर्कबिहिन भएका छन्।

मंगलबार मध्यान्ह १२ बजेतिर भैंसी चराउन गएका लमही नगरपालिका–४ का ६० वर्षीय खुसीराम चौधरी बेलुकी घर फर्किएका थिएनन्। तर, भैंसी मात्रै बेलुकी घर फर्किएको थियो।

वडा प्रहरी कार्यालय लमहीका अनुसार उनलाई खोलाले बगाएको आशंका गरिएको छ।

बेलुका भैंसी घर मात्रै फर्किएपछि उनको खोजी भएको थियो। उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!