मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल छाडेर जाँदैछु : चिनियाँ राजदूत यान्छी

Posted on: 25 Oct, 2022

कात्तिक ८, काठमाडौँ | नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । उनले मंगलबार एक ट्विट गर्दै आफ्नो कार्यकाल सफल रुपमा पूरा गरेको र आफू अब मैत्रीपूर्ण र सुन्दर छिमेकी देश नेपाल  छाडेर जान लागेको बताएकी हुन्।

उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन्‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पुर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’

राजदूत यान्छीले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार बिदाई भेट गरेकी थिइन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!