विदेशबाट गौतमबुद्ध विमानस्थल हुँदै आन्तरिक यात्रा गर्दा २५ प्रतिशतसम्म छुट

Posted on: 02 Nov, 2022

कात्तिक १६, भैरहवा | विदेशबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक यात्रा गर्ने यात्रुले २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। 

यसका लागि मंगलबार नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूबीच यस्तो सहमति भएको छ। 


सहमतिअनुसार अब भैरहवाबाट यात्रा गर्ने अन्तर्राष्ट्रिय यात्रुलाई सो विमानस्थलबाट आन्तरिक हवाइ यात्रा गर्दा अन्तर्राष्ट्रिय बोर्डिङ पासको आधारमा सहुलियत पाउने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। उनकाअनुसार यसका लागि आन्तरिक उडान गरिरहेका बुद्ध, यति र श्री एयरलाइन्स तयार छन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा प्रयोगमा ल्याउन प्राधिकरणले हाल नियमित उडान, चार्टर उडानलगायतमा जोड दिइरहेको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!