सयपत्री हाइड्रोपावरको सेयर कारोबार किन खुलेन ?

Posted on: 16 Oct, 2022

असोज ३०, काठमाडौँ | आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर स्पेसल प्रि–ओपन सेसनमा धितोपत्र दोस्रो बजारमा कारोबार खुलेन । सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।  नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । 


तर, नेप्सेले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच नभएका कारण नियमित समयका लागि खुल्न नसकेको हो ।  नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!