काम गर्ने क्रममा मेसिनमा च्यापिएर रोमानियामा एक नेपाली कामदारको मृत्यु

Posted on: 03 Nov, 2022

कात्तिक १७, काठमाडौँ | रोमानियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।

रोमानियाको तिमिलास्वरा शहरको भिजेडिया नजिक बनात मेलोन एग्रिकल्चर कम्पनीमा कार्यरत म्याग्दीका ३३ वर्षीय देबेन्द्र पुनको  कम्पनी काम गर्ने क्रममा मेसिनमा च्यापिएर निधन भएको हो ।

यस घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ । योसँगै रोमानियामा एक महिनाभित्र एकपछि अर्को गरी क्रमशः तीन नेपाली कामदारको निधन भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!