पेट्रोलियम पदार्थको मूल्य घटेसँगै हवाई भाडामा समायोजन, कुन रुटमा कति घट्यो ?

Posted on: 02 Oct, 2024

असोज १६, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै हवाई भाडा पनि घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नयाँ हवाई भाडा दर लागू गरेको हो। इन्धनको मूल्यमा भएको कमीलाई समायोजन गर्दै, उड्डयन इन्धनको मूल्यमा भएको परिवर्तनअनुसार भाडा दर पुनः निर्धारण गरिएको छ।

नेपालमा हवाई जहाजको भाडामा इन्धनको हिस्सा करिब ४० प्रतिशत रहेकोले, इन्धनको मूल्य घटेपछि सोही आधारमा भाडा घटाइएको हो। नयाँ भाडा दर अनुसार काठमाडौँबाट प्रमुख गन्तव्यहरूमा हवाई भाडा उल्लेख्य रूपमा घटेको छ।

काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ ।

त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।

ट्रंक रुटहरूमध्ये विराटनगर–धनगढी भाडा भाडा दर ३८५ रुपैयाँसम्म घटाइए पनि यो रुटमा उडान हुने गरेको छैन । एटीओएल रुट अन्तर्गत काठमाडौँ–चौरजहारी सर्वाधिक १७५ रुपैयाँ शुल्क घटाइए पनि यो रुटमा पनि नियमित उडान हुने गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!