द भ्वाइसको अन्तिम १६ मा परिजिताको दमदार प्रस्तुति, चारैजना कोचबाट ‘स्ट्यान्डिङ ओभेसन’

Posted on: 15 Nov, 2022

कात्तिक २९ काठमाडौँ | नेपाली मूलकी परिजिता बाँस्कोटाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणको अन्तिम १६ मा दमदार प्रस्तुति दिएकी छन् । 


लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ गीत गाएकि थिइन् । कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरिरहेकी परिजितालाई अन्य तीन कोचले पनि प्रशंसा गरेका छन् । चारैजना कोचले परिजिताको प्रस्तुतिमा ‘स्ट्यान्डिङ ओभेसन’ (उभिएर गरिने सम्मान) दिएका थिए । 

नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् । अब उनी कति अघि बढ्नेछिन् भन्ने टुंगो चाहिं दर्शकको भोटमा निर्भर हुने देखिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!