कोशीको बाढीले बगाएर लगेकाे अर्नाले भारतमा दुईजनाको ज्यान लिएपछि गोली हानेर मारियो

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | नेपालबाट बगाएर लगेका अर्नाले भारतमा दुईजनाकाे ज्यान लिएपछि गोली हानेर मारिएको छ । गत साता सप्त भीषण बाढीले कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेका ६ वटा अर्नालाई बगाएकाे थियाे ।

भारतको बिहारस्थित सुपौल जिल्लामा पुगेका अतिदुर्लभ प्रजातिका ६ मध्ये एउटा अर्नालाई गोली हानी मारिएको हो । बुधबार बसन्तपुर प्रखण्डको भगवानपुर पञ्चायत वडा नम्बर २ मा नेपालको जंगलबाट बगेर गएको अर्नाले दुईजनालाई हानेको थियो ।

बिहान खेतमा धान गोडिरहेका ५० वर्षीय भुवनेश्वर मण्डललाई अर्नाले हानेकाे थियाे । उनलाई सहयोग गर्न पुगेका २५ वर्षीय मुकेश कुमारलाई पनि अर्नाले हानेकाे थियाे । गम्भीर घाइते भएका दुवैजनाकाे मृत्यु भएकाे थियाे । 

बिहार प्रदेशका मन्त्री निरजकुमार सिंह (बब्लु)ले उक्त अर्नालाई १५ गोली हानेर मारिएकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले राक्षस महिषासुरको सवारी भैंसीलाई स्थानीयले मारिदिएकाे उल्लेख गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!