स्वास्थ्य |


होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै

Posted on January 19, 2022 | views : 671 |

माघ ५, महेन्द्रनगर। कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ । सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि बन

Read More

अमेरिकामा ओमिक्रोन : दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

Posted on January 19, 2022 | views : 921 |

माघ ५, काठमाडौँ | एजेन्सी | अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो । कोभिडबाट अमेरिकामा

Read More

स्वास्थ्यकर्मीमा सङ्क्रमण तीव्र, स्वास्थ्यसेवा प्रभावित

Posted on January 19, 2022 | views : 1004 |

माघ ५, चितवन | जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी सङ्क्रमित भइसकेका छन् ।  पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै सङ्ख्यामा सङ्क्रमि

Read More

पीसीआर परीक्षण शुल्क घटाउने सरकारको तयारी

Posted on January 19, 2022 | views : 821 |

माघ ५, काठमाडौँ | नेपाल सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ। परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार आज बेलुका या भोलिसम्म शुल्क घटाउने निर्णय हुनेछ। अहिले सरकारी अस्पतालमा एक हजार र निजीमा दुई हजार

Read More

बैतडीमा सङ्क्रमित बढ्दै

Posted on January 19, 2022 | views : 1185 |

माघ ५, बैतडी | पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित  बढ्दै गएका छन् । भारतमा सङ्क्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उहाँले भन्नुभयो,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि

Read More

दमौली अस्पतालमा सघन उपचार कक्ष तयारी

Posted on January 19, 2022 | views : 861 |

माघ ५, तनहुँ | सदरमुकामस्थित दमौली अस्पतालमा ४८ जना बिरामी क्षमताको सघन उपचार कक्ष तयारी अवस्थामा राखिएको छ । गम्भीर प्रकृतिका बिरामीका लागि सघन उपचारका ३२ र सामान्य किसिमका १६ गरी उक्त सङ्ख्यामा सघन कक्ष तयारी अवस्थामा राखिएको हो । सघन कक्ष भवनको माथिल्लो तलामा गत आर्थिक वर्षमा ट्रष्ट निर्माणको कार

Read More

२४ घन्टामा भारतमा कोभिडबाट २ लाख ८२ हजार संक्रमित, मृत्यु हुने कति ?

Posted on January 19, 2022 | views : 842 |

माघ ५, काठमाडौँ | भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।  पछिल्लो २४ घ

Read More

महोत्तरीमा रुघाखोकीका बिरामी बढ्दै

Posted on January 19, 2022 | views : 1096 |

माघ ५, महोत्तरी | घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे  भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो । सत्तरी  वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घर

Read More

बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा

Posted on January 19, 2022 | views : 1107 |

माघ ५, उदयपुर | चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो ।   कोभिड–१९ का बिरामी नभएपछि गत मङ्सिर १७ गतेदेखि सातधारे अस्पताल बन्द भएको थियो । हाल कोभिडबाट सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै जान थाले

Read More

झापामा बुस्टर डोज यसै साताभित्र

Posted on January 19, 2022 | views : 781 |

माघ ५, झापा | जिल्लामा अग्रपङ्तीमा कार्यरत करिब २५ हजार व्यक्तिलाई यसै साताभित्र बुस्टर डोज लगाउने तयारी छ ।  स्वास्थ्य कार्यालयले गत असार मसान्तसम्ममा कोरोनाविरुद्धको दुवै खोप लगाइसकेकालाई मात्र पहिलो चरणमा बुस्टर खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य कार्यालय झापाको तथ्याङ्क अधिकृत चुडामिण लु

Read More

कैलालीमा सीमामै कोरोना परीक्षण र खोप

Posted on January 19, 2022 | views : 872 |

माघ ५, भजनी | भारतमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ ।  भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँद

Read More

कोरोनाविरुद्धको बुस्टर डोज लगाउनु भयो ? क–कसले पाउँछन् ?

Posted on January 18, 2022 | views : 1106 |

माघ ४, काठमाडौँ | सरकारले अग्रपङक्ति तथा  सार्वजनिक सेवामा खटिनेहरुलाई बुस्टर मात्रा दिन सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार अर्थात् माघ २ गतेदेखि बुस्टर मात्रा दिने घोषणा गरेपनि उपत्यका तीनै जिल्लाले भने तयारी नपुगेको भन्दै मंगबारदेखि बुस्टर दिन सुरु गरेका हुन् ।  बु

Read More

एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

Posted on January 18, 2022 | views : 1037 |

माघ ४, काठमाडौँ | पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २

Read More

कोरोना संक्रमण फैलिएपछि सर्वोच्च अदालतका सेवा कटौती

Posted on January 18, 2022 | views : 721 |

माघ ४, काठमाडौँ | कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि अदालतका सेवा कटौती गरिएका छन्। मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले सर्वोच्चबाट ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको छ। सर्वोच्चका एक न्यायाधीश, मुख्य रजिष्ट्रारसहित ३१ जना कोरोना संक्रमित भएपछि सर्वोच्च अदालत सेवा कटौती गर्

Read More

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

Posted on January 18, 2022 | views : 661 |

माघ ४, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै  त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।   कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका  निःशुल्क सञ्चालन गरिएका  आइसोलेसन र क्वारेन्टिन  स्थलहरु यस पटक पनि आवश्य

Read More

कोरोनाको निःशुल्क परीक्षण गर्न माग

Posted on January 18, 2022 | views : 919 |

माघ ४, काठमाडौँ | राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा

Read More

त्रिशूली अस्पतालमा सेवा प्रभावित

Posted on January 18, 2022 | views : 1007 |

माघ ४, नुवाकोट | त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ ।  अस्पतालले एक सूचना प्रकाशित गर्दै पछि जाँच गर

Read More

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

Posted on January 18, 2022 | views : 775 |

माघ ४, चितवन | जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना

Read More

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर

Posted on January 18, 2022 | views : 915 |

माघ ४, सिमकोट | पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास

Read More

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

Posted on January 18, 2022 | views : 928 |

माघ ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले फेसबुकमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकाररी जगराएका हुन्। उनले लेखेका छन्, ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ।’ आफूलाई कोरोन

Read More

ललितपुर महानगरमा आजबाट बुस्टर डोज खोप

Posted on January 18, 2022 | views : 836 |

माघ ४, काठमाडौँ | आजदेखि ललितपुर महानगरपालिकाले अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज लगाउने भएको छ। विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागिएको हो। सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पता

Read More

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण घट्न लागेको हो ?

Posted on January 18, 2022 | views : 984 |

माघ ४, काठमाडौँ | एजेन्सी | छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ। सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थियो। त्यसपछिका दुई दि

Read More

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

Posted on January 18, 2022 | views : 1001 |

माघ ४, अर्घाखाँची | सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा मन्दिरको भेटीबाट विद्यालय सञ्चालन गरिएको छ । सुपा देउराली मन्दिरमा उठेको  भेटीबाट खाँचीकोटस्थित आदर्श मावि र सीतापुरस्थित शान्ति निमावी सञ्चालन गरिएको छ ।  भेटीबाट आदर्श माविमा ६ तथा शान्ति निमाविमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलि

Read More

मन्त्री आलेको सचिवालयका थप दुईमा संक्रमण

Posted on January 18, 2022 | views : 9584 |

माघ ४, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। सोमबार गरिएको कोरोना परीक्षणम

Read More