इलाम-२ मा अहिलेसम्म २० प्रतिशत मत खस्यो

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा अहिले सम्ममा २० प्रतिशत मत खसेको छ । जिल्ला भर शान्तिपूर्ण मतदान प्रक्रिया चलिरहेको भए पनि अहिलेसम्म २० प्रतिशत मात्र मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । 

अघिल्लो निर्वाचनमा जस्तो मतदान केन्द्रहरूमा यो पटक मतदाताको उपस्थिति बाक्लो भने देखिएको छैन । सदरमुकाम सहित आसपासका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति निकै कम रहेका छन् । इलामका प्रमुख जिल्ला अधिकारी यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!