प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनले फेसबुकमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकाररी जगराएका हुन्।

उनले लेखेका छन्, ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ।’ आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको उनले बताएकका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!