खेलकुद | काठमाडौँ - KTM


विश्वकप २०२४ फरक ढाँचामा, समूह चरणमै नेपालले बलियो टिमसँग खेल्ने

Posted on December 05, 2023 | views : 1091 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ |  आउँदो संस्करणको आइसिसी टी–२० विश्वकप खेल्ने टिमको टुंगो लागिसकेको छ । केही दिनअघि अफ्रिका क्षेत्र छनोट सम्पन्न भएसँगै विश्वकप खेल्ने २० टिमको टुंगो लागेको हो । यसपटक अमेरिका, क्यानडा र युगान्डाले पहिलोपटक विश्वकप खेल्नेछन् । अमेरिका आयोजकको हैसियतमा तथा क्यानडा र युगान्डा

Read More

नेपाल सुपर लिग : आज ललितपुर र वीरगञ्जबीच खेल हुँदै

Posted on December 05, 2023 | views : 299 | काठमाडौँ - KTM

मङ्सिर १९, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा आज ललितपुर सिटी फुटबल क्लब र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ ।  खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे हुनेछ । आजको खेलमा ललितपुर जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा वीरगञ्ज पहिलो जितको खोजीमा हुनेछ । आज

Read More

राष्ट्रिय टिमकी गोलरक्षक अन्जनाले गरिन् बिहे

Posted on December 04, 2023 | views : 538 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | राष्ट्रिय टिमकी गोलरक्षक अन्जना राना मगरले प्रेमी अविरल लामासँग विवाह गरेकी छिन् । लामो समययता प्रेम सम्बन्धमा रहेको यी जोडीले आज विवाह गरेका हुन् । भक्तपुर निवासी अविरल लामासँग उनले धुलिखेलमा विवाह गरेकी हुन् । यू–१९ उमेर समूहको कप्तानी गरेकी उनी हाल सिनियर टिमकी वैकल्पिक गोलर

Read More

नेपाल सुपर लिग : आज झापा एफसी र काठमाडौँ रेजर्स बीच खेल हुँदै

Posted on December 04, 2023 | views : 396 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज झापा एफसी र काठमाडौँ रेजर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा झापाले आज दोस्रो खेल खेल्दैछ भने काठमाडौँले तेस्रो खेल  खेल्न लागेको हो । काठमाडौँ यसअघिका दुई खेलमा अपराजित रहेको थि

Read More

टी–२० सिरिज: अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले जित्यो सिरिज

Posted on December 04, 2023 | views : 302 | काठमाडौँ - KTM

मङ्सिर १८, काठमाडौं | रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो । सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो ।

Read More

अस्ट्रेलियन क्लबस्तरीय क्रिकेट खेल्न अस्ट्रेलिया उडे कुशल भुर्तेल

Posted on December 03, 2023 | views : 701 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | राष्ट्रिय टिमका ओपिनङ ब्याटर कुशल भुर्तेल अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अस्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले अस्ट्रेलियामा फ्रान्स्टोन पेनिन्सुला क्रिकेट क्लबमा रहेर एक महिना क्रिकेट खेल्नेछन् । शनिबार अस्ट्रेलिया प्रस्थान गरेका उनी

Read More

युरो कपमा स्पेन, क्रोएसिया र इटाली एकै समूहमा

Posted on December 03, 2023 | views : 449 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | आगामी वर्ष हुने युरो कपमा स्पेन, कोएसिया र इटाली एकै समूहमा परेका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए)ले प्रतियोगिताका लागि समूह विभाजन गरेको हो । समूह ‘बी’मा यी तीन टोलीबाहेक अल्बानिया पनि रहेको छ । समूह ‘ए’मा जर्मनी, स्कटल्यान्ड, हंगेरी र स्वीट्जरल्यान्ड छन् । स्लोभानिया, डेन

Read More

ग्रानाडालाई हराउदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा

Posted on December 03, 2023 | views : 311 | काठमाडौँ - KTM

काठमाडौँ | स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा ग्रानाडालाई २–० गोलले हराउँदै रियल शीर्षस्थानमा उक्लिएको हो । रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले १–१ गोल गरेका थिए । खेलको २६औँ मिनेटमा डियाजले रियललाई सुरुवाती अग्रता

Read More

एनएसएल फुटबलमा: आज बुटवल लुम्बिनी र इलामबीच खेल हुँदै

Posted on December 03, 2023 | views : 382 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी बुटवल लुम्बिनी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा इलाम दोस्रो जित निकाल्ने योजनामा रहँदा बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ ।  जारी लिगमा इलामले यसअघिक

Read More

नेपाल सुपर लिग: आज पोखरा र झापा तथा धनगढी र ललितपुरबीच खेल हुँदै

Posted on December 02, 2023 | views : 340 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र झापा एफसी तथा धनगढी एफसी र ललितपुर सिटि एफसीबीच खेल हुँदैछ । पहिलो खेल पोखरा र झापाबीच दशरथ रंगशालामा दिउँसो १ बजे हुने छ। लिगमा झापाको यो दोस्रो खेल हो भने पोखरा तेस्रो खेल खेल्दैछ । पोखरा यसअघिका खेलमा अपराजित रहेको छ । पहिलो

Read More

साउदी प्रो लिग: अल हिलालविरुद्ध अल नासरको लज्जास्पद हार

Posted on December 02, 2023 | views : 541 | काठमाडौँ - KTM

मङ्सिर १६, काठमाडौँ | साउदी प्रो लिगमा अल हिलालविरुद्ध अल नासरले लज्जास्पद हार बेहोरेको छ । गएराति किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा भएको खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएका थिए । अल हिलालका लागि एलेक्सान्दर मित्रो

Read More

आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि

Posted on December 01, 2023 | views : 588 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट

Read More

आईसीसी क्रिकेट वर्ल्डकपको लिग टुको पहिलो सिरिज नेपालमा हुने, तीन राष्ट्रले खेल्दै

Posted on December 01, 2023 | views : 587 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौँ | आईसीसी क्रिकेट वर्ल्डकप लिग टुको पहिलो सिरिज आगामी फाुगन ५ गतेबाट नेपालमा हुने भएको छ । काठमाडौंमा हुने पहिलो सिरिजमा नेदरल्याण्ड्स र नामिबियासहित नेपालले खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । लिग टूको यो दोस्रो संस्करण हो जुन २०२७ सम्म चल्नेछ । यो संस्करणमा ८ टीम सहभाग

Read More

नेपाल सुपर लिग: आज वीरगञ्ज र चितवनबीच खेल हुँदै

Posted on December 01, 2023 | views : 305 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाडौं | नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड र चितवन फुटबल क्लबकाबीचमा खेल हुँदैछ ।  दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ । चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँ

Read More

टी–२० विश्वकप खेल्ने २० राष्ट्र तय, अफ्रिकी छनोटबाट युगान्डा पहिलो पटक विश्वकपमा

Posted on November 30, 2023 | views : 387 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ। बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिकी छनोटमा नामिबिया र युगा

Read More

फिफा वरीयतामा नेपाल दुई स्थान खस्कियो

Posted on November 30, 2023 | views : 489 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान तल खस्किएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल वरीयताको १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७३औँ स्थानमा थियो । नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) र य

Read More

मधेश प्रदेशले एपीएफलाई दियो १९८ रनको विशाल लक्ष्य

Posted on November 30, 2023 | views : 504 | काठमाडौँ - KTM

मङ्सिर १४, पोखरा | पोखरामा जारी केपी ओली कप टी-२० क्रीकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बल (एपीएफ) सामु १९८ रनको विशाल लक्ष्य प्रस्तुत छ । पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनायो । मधेसका

Read More

बागमतीलाई हराउँदै आर्मी टी-२० क्रिकेटको फाइनलमा

Posted on November 30, 2023 | views : 497 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौं | त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो ।

Read More

केपी ओली कप : सेमिफाइनलमा बागमती प्रदेशले आर्मीलाई दियो १ सय २८ रनको लक्ष्य

Posted on November 30, 2023 | views : 487 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौं | पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १ सय २८ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनायो । बागमतीका ल

Read More

नेपाल सुपर लिग:- आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुँदै

Posted on November 30, 2023 | views : 354 | काठमाडौँ - KTM

मङ्सिर १४, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । आजको खेलमा धनगढी दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । धनगढी एफसीले आफ्नो पहिलो खेलमा वीरगञ्

Read More

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, यू-१९ प्रिमियर कप विजेता टोलीबाट तीन खेलाडी परिवर्तन

Posted on November 29, 2023 | views : 514 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | यू–१९ एसिया कप खेल्ने १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। एसीसी यू-१९ प्रिमियर कप विजेता टोलीबाट प्रशिक्षक जगत टमाटाले तीन खेलाडी परिवर्तन गरेका छन् । गुल्सन झासँगै ब्याटर विपिन रावल र स्पिनर तिलकराज भण्डारी टिममा समावेश भएका छन् । प्रिमियर कप र विश्वक

Read More

म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा भारतविरूद्धको तेस्रो टी-२० खेलमा अस्ट्रेलियाको जित

Posted on November 29, 2023 | views : 419 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ  | ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा अस्ट्रेलियाले घरेलु टिम भारतविरूद्धको तेस्रो टी-२० खेलमा जित निकालेको छ।  मंगलबार गुवाहाटीमा भएको खेलमा भारतमाथि अस्ट्रेलियाले ५ विकेटको जित निकालेको हो। यससँगै सिरिजमा अस्ट्रेलियाले भारतको अग्रता २-१ मा झारेको छ।  मंगल

Read More

नेपाल सुपर लिग: आज पोखरा थन्डर्स र ललितपुर सिटीबीच खेल हुदै

Posted on November 29, 2023 | views : 391 | काठमाडौँ - KTM

मङ्सिर १३, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । पहिलो खेलमा पोखराल

Read More

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

Posted on November 28, 2023 | views : 417 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भ

Read More

कोशीलाई आर्मीले दियो १ सय ८६ रनको लक्ष्य, भीम र सन्तोषको अर्धसतक

Posted on November 28, 2023 | views : 636 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ |  पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको हो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरे । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीक

Read More

केपी ओली कप क्रिकेटः सुदुरपश्चिमसँग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा प्रवेश

Posted on November 28, 2023 | views : 434 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | सुदुरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधे

Read More

सुदुरपश्चिमले हरायो राष्ट्रिय टोलीका समावेश पुलिस क्लबलाई

Posted on November 28, 2023 | views : 473 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोलीका समावेश नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगु

Read More

नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदै

Posted on November 28, 2023 | views : 341 | काठमाडौँ - KTM

मङ्सिर १२, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ । काठमाडौँले पहिलो खेलमा

Read More