सुदुरपश्चिमले हरायो राष्ट्रिय टोलीका समावेश पुलिस क्लबलाई

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको राष्ट्रिय टोलीका समावेश नेपाल पुलिस क्लबलाई सुदुरपश्चिम प्रदेशले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८ ओभर ४ बलमा पूरा गर्‍यो । सुदुरपश्चिमका किरण थगुन्नाले सर्वाधिक ५१ रन बनाए । कुनै समय ४६ रनमा ५ विकेट गुमाएको सुदुरपश्चिमका किरण थगुन्नाले र नरेन शाउदले उत्कृष्ट साझेदारी गरे ।


थगुन्ना राउदले ९३ रनको उत्कृष्ट साझेदारी गरे । कप्तान राजु रिजालले १९ र बसन्त कार्कीले १५ रनको योगदान दिए । बलिङतर्फ पुलिसका रशिद खानले ३ विकेट, सुनिल धमला र सागर ढकालले १-१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको उत्कृष्ट अर्धसतकको मद्दतले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । भुर्तेलले ५१ बलमा ६७ रन बनाएर आउट भएका थिए ।

सुनील धमालाले ४२, अर्जुन साउदले २० र कप्तान आरिफ शेखले २ रन जोडे । दीलिप नाथ ४ र करण केसीले ७ रन जोड्दै अविजित रहे । बलिङतर्फ सुदुरपश्चिमका विकाश आग्रीले सर्वाधिक २ विकेट लिए । वसन्त खत्री र भोजराज भट्टले १/१ विकेट झारे ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!