नेपाल सुपर लिग: आज वीरगञ्ज र चितवनबीच खेल हुँदै

Posted on: 01 Dec, 2023

मङ्सिर १५, काठमाडौं | नेपाल सुपर लिगमा आज वीरगञ्ज युनाइटेड र चितवन फुटबल क्लबकाबीचमा खेल हुँदैछ । 

दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । जारी सिजन चितवन तेस्रो खेल खेल्दैछ भने र नयाँ टोली वीरगञ्जको यो दोस्रो खेल हुनेछ ।

चितवन पहिलो खेलमा पोखरा थन्डर्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग बराबरी खेलेको थियो ।

नवप्रवेशी वीरगञ्ज एनएसएलको डेब्यु खेलमा धनगढी एफसीसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!