पत्रपत्रिकाबाट | काठमाडौँ - KTM


फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरताको विश्व च्याम्पियन नेपाल

Posted on July 17, 2024 | views : 253 | काठमाडौँ - KTM

साउन २, काठमाडौँ । नेपाली राजनीतिमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका ले मोन्डेले नेपाल राजनीतिक अस्थिरतामा विश्व  विजेता ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ शीर्षकमा एउटा समाचार प्रकाशित गरेको छ । उक्त पत्रिकाले 

Read More

नेपालका ४५औँ प्रधानमन्त्री बन्दै ओली, कस्तो पाउँछन् सुविधा अनि कति हुन्छ तलब ?

Posted on July 14, 2024 | views : 389 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ | प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन विफल भएसँगै  शेरबहादुर देउवाको समर्थनसहित प्रधानमन्त्रीमा केपी शर्मा ओलीको मात्र दाबी पेस भएको छ।  नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलील

Read More

के हामी हाम्रो मस्तिष्कको उमेर घटाउन सक्छौं ?

Posted on July 13, 2024 | views : 173 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ । वर्षौंदेखि हामीलाई थाहा छ कि हाम्रो जीवनशैलीले हामीलाई लामो समयसम्म स्वस्थ रहन मद्दत गर्दछ । अब वैज्ञानिकहरू नयाँ प्रविधिले हाम्रो मस्तिष्कको बुढ्यौली प्रक्रियालाई ढिलो गर्न मद्दत गर्ने र उमेर बढ्दै जाँदा हाम्रो मस्तिष्कमा के हुन्छ भन्ने रेकर्ड राखेर पत्ता लगाउने प्रयास गरिर

Read More

सन्दीपको भिसा लाग्ने विश्वासमा आइसीसीलाई क्यानले बुझायो १४ जनाको नाम भएको सूची

Posted on May 27, 2024 | views : 571 | काठमाडौँ - KTM

जेठ १४, काठमाडौँ । अमेरिका र वेस्टइन्डिजद्वारा संयुक्त रुपमा आयोजित टी-२० क्रिकेट विश्वकप चार दिनपछि  सुरु हुँदै छ। १० वर्षपछि दोस्रोपटक नेपाल  टी-२० विश्वकपमा सहभागी हुँदै छ। त्यसका लागि नेपाली क्रिकेट खेलाडीहरु अमेरिका पुगिसकेका छन् र अभ्यास खेलमा सहभागी हुँदै छन्।  क्यानले क्रिकेट

Read More

दुर्गा प्रसाईं निकट युवाद्वारा दुई वटा बैंकमा तोडफोड

Posted on May 09, 2024 | views : 402 | काठमाडौँ - KTM

बैशाख २७, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ निकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड गरेका छन् । ऋणिलाई टर्चर दिएको भन्दै उनीहरुले दुई वटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

Read More

ब्राजिल बाढी : ७५ जनाको मृत्यु, १ सय ५५ जना घाइते

Posted on May 06, 2024 | views : 279 | काठमाडौँ - KTM

बैशाख २४, एजेन्सी | ब्राजिलको दक्षिणी भेगमा अत्यधिक वर्षापछिको बाढीमा परी कम्तीमा ५५ जनाको मृत्यु भएको छ। बाढीमा परेर १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । शनिबारदेखि भइरहेको भारी वर्षापछिको बाढीमा कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने २५ हजारभन्दा बढी मानिस

Read More

सलमानको घरमा गोली चलाउने अभियुक्तको हिरासतमै मृत्यु, हत्या प्रहरीले गरेको दाबी

Posted on May 02, 2024 | views : 249 | काठमाडौँ - KTM

बैशाख २०, एजेन्सी | बलिउड अभिनेता सलमान खानको घरमा भएको गोलीकाण्डका एक अभियुक्तको हिरासतमै मृत्यु भएको छ ।  बुधबार प्रहरी हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका अभियुक्त अनुज कुमारलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । बिहान करिब ११:३० बजे ३२ वर्षीय अनुजले

Read More

मलेसियामा दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु

Posted on April 23, 2024 | views : 506 | काठमाडौँ - KTM

बैशाख ११, काठमाडौँ | मलेसियामा नौसेनाको अभ्यासका क्रममा दुइटा सैनिक हेलिकप्टर एक आपसमा  ठोक्किँदा १० जनाको मृत्यु भएको छ। दुर्घटना नौसेना आधार रहेको मलेसियाको लुमुटमा भएको हो। दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए। हेलिकप्टर स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको बीबीस

Read More

कालेका नाममा कृष्णबहादुर पक्राउ, एक महिना नौ दिन जेल

Posted on April 03, 2024 | views : 378 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | मुद्दा फैसलाको ४४ वर्षपछि राज्यले निर्दोष मानिसलाई पक्राउ गरेर एक महिना नौ दिन कारागारमा थुनेपछि सर्वोच्च अदालतको आदेशमा छाडेको छ। सिन्धुपाल्चोकका कृष्णबहादुर सार्कीलाई काले सार्कीका नाममा प्रहरीले पक्राउ गरेको थियो। उनलाई गत फागुन ११ मा पक्राउ गरी चैत १९ मा अदालतको आदेशपछि छोडिएक

Read More

ताइवानमा गयो २५ वर्षयताकै शक्तिशाली भूकम्प

Posted on April 03, 2024 | views : 402 | काठमाडौँ - KTM

चैत २१, एजेन्सी | ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ । भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । ताइवानको सेन्ट्रल वेदर ए

Read More

रामहरि हत्याकाण्ड- कुट्दाकुट्दै मरेपछि नारायणीमा फ्याँकियो शव, १५ वर्षसम्म यसरी बचे कालीबहादुर

Posted on April 02, 2024 | views : 654 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । अपहरण र हत्या घटनाको १५ वर्षपछि माओवादीका पूर्वलडाकु कमान्डर कालीबहादुर खाम पक्राउ परेका छन् । हतियार र नगद चोरी गरेको भन्दै खाम नेतृत्वको समूहले व्यापारी रामहरि श्रेष्ठको अपहरण तथा हत्या गरेको आरोप छ । सोही मुद्दामा केहीले सजाय काटेर जेलमुक्त भइसक्दा खाम पक्राउ परेका थिएनन् । घटन

Read More

बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु, ८ वर्षिया बालिका मात्रै जिवीत

Posted on March 29, 2024 | views : 907 | काठमाडौँ - KTM

चैत १६, काठमाडौं |  दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ भने यात्रु मध्ये आठ वर्षिया बालिका मात्रै जीवितै उद्धार गरिएको छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ।  बस अनियन्त्रित भएर पुलबाट क

Read More

जेठी श्रीमतीले जेल हालिन्, निस्किनासाथ कान्छीले हत्या गराइन्

Posted on March 22, 2024 | views : 611 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | कास्कीको मादी गाउँपालिका १ तउरेतीस्थित जंगलमा मृत फेला परेका सिन्धुपाल्चोकका रामबहादुर तामाङको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेर चारै जना अभियुक्तलाई सार्वजनिक गरेको हो। सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा ब

Read More

अब मेनपावरमार्फत पनि कोरियामा कामदार पठाईने, यस्तो छ कार्यविधि (पूर्णपाठ)

Posted on March 18, 2024 | views : 1974 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | अब मेनपावर कम्पनीले पनि नेपालबाट रोजगारीको लागि कोरियामा कामदार पठाउन पाउने भएका छन् । यसअघि सरकारले मात्रै नेपालबाट कोरियामा काम नेपाली कामदार पठाउँदै आएकोमा मेनपावरबाट पनि पठाउन सकिने गरी कार्यविधि तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा सीपयुक्त श्रमि

Read More

युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

Posted on March 18, 2024 | views : 548 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ | रुसी सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ । शुक्रबार युक्

Read More

सुहाङलाई भित्र्याएर इलाम २ को उम्मेदवार बनाउने रास्वपाको प्रयास

Posted on March 05, 2024 | views : 2412 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौं | वैशाखमा इलाममा २ हुने उपनिर्वाचनको जति चर्चा छ, त्यहाँभन्दा बढी चर्चा छ– सुहाङ नेम्वाङको। बुवा सुवास नेम्वाङको निधनपछि रिक्त रहेको सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैन। निर्वाचनको मिति घोषणालगत्तै ‘जनताका भावना बुझ्ने’ भन्दै अहिले उनी इलाममै छन्।  एमालेले सुहाङलाई नै

Read More

कम्पनीको लापर्बाहीले नेपालीको मृत्यु, ६ सयभन्दा बढी नेपालीहरुद्वारा आन्दोलन गरी काम ठप्प

Posted on March 03, 2024 | views : 1113 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौं | साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो । साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग

Read More

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली निरन्तर संवादमा

Posted on February 26, 2024 | views : 371 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटघाट बालुवाटार र सिंहदरबारबाहिर पनि पटकपटक भएका छन् । माघ अन्तिम साता बालुवाटारस्थित एक व्यापारीको घरमा दुई नेताबिच करिब दुई घण्टा भेट भएको थियो । त्यसको चाँजोपाँजो मिलाउने जिम्मा माओवादीका तर्फबाट उपमहासचिव व

Read More

चिडियाखानामा रहेका दुईवटा सिंहको नाम फेर्न भारतको उच्च अदालतको आदेश !

Posted on February 25, 2024 | views : 393 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | भारतको कलकत्ता उच्च अदालत अन्तरगतको जलपाइगुडी सर्किट इजलासले त्यहाँस्थित चिडियाखानामा रहेका एकजोडी सिंहको नाम फेर्न आदेश दिएको छ । एक रिटमा फैसला सुनाउँदै उच्च अदालतले चिडियाखानामा रहेका भाले र पोथी सिंहको नाम परिवर्तन गर्न भनेको हो । यस विषयमा बीबीसीले लेखक तथा संविधानविद् अनुज

Read More

बढ्दो कोरिया क्रेज

Posted on February 24, 2024 | views : 297 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ | दक्षिण कोरियाले पछिल्लो समय नेपालीलाई पहिलो प्राथमिकतामा राखेर श्रमिकको माग गर्न थालेको छ। यससँगै रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिने नेपालीको सङ्ख्या पनि बढ्दो छ। सन् २०२४ मा उत्पादनतर्फ १५ हजार ८४८ जनाका लागि माग आएकोमा एक लाख ६५ हजारभन्दा बढीको आ

Read More

तमोर कोरिडोर सडक छिमेकी देश चीनसँग जोडियो

Posted on February 22, 2024 | views : 346 | काठमाडौँ - KTM

फागुन १०, ताप्लेजुङ | निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दु

Read More

सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो

Posted on February 21, 2024 | views : 343 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ | पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको 'ग्रिन सिग्नल' पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेक

Read More

क्याबिनेटमा प्रकाश ज्वालाको बचाउ गर्दै पूर्णबहादुरले भने- ‘बटुवालाई हैन, दोषीलाई कारवाही गरौं’

Posted on February 19, 2024 | views : 433 | काठमाडौँ - KTM

फागुन ७, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै सडकदेखि संसदसम्म आवाज उठिरहेको छ । तर, उनले किन राजीनामा दिनुपर्ने भन्ने कुरा उल्लेख गरिएको प्रतिवेदन भने अहिलेसम्म ‘गोप्य’ नै छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने

Read More

सार्वजनिक सवारी चलाउन छुट्टै लाइसेन्स

Posted on February 17, 2024 | views : 428 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ | सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन गठित कार्यदलले यस्तो प्रस्ताव गरेको हो । यसलाई यातायात सुधार सुझाव कार्यदल भनिएको छ । शरदचन

Read More

मोरङमा आमा-छोरीमाथि खुकुरी प्रहार, पेस्तोलसहित एकजना पक्राउ

Posted on February 15, 2024 | views : 354 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ |  मोरङको केराबारीमा आमा- छोरीमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट केराबारी गाउँपालिका–९ भलुवाईकी अन्दाजी ५० वर्षीया जमुनादेवी राई र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् । खुकुरी प्रहारबाट दुवैजनाको टाउको,अनुहारलगायत शरीरका विभिन्न भागमा चो

Read More

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

Posted on February 15, 2024 | views : 514 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं | साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्य

Read More

अवैधरुपमा रक्सी बनाएर बेच्दा साउदी अरबमा ४ सयभन्दा बढी नेपाली जेलमा

Posted on February 12, 2024 | views : 856 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | साउदी अरबमा अवैधरुपमा नेपाली मदिरा बनाएर बिक्री वितरण गरेको आरोपमा ४ सयभन्दा बढी नेपाली श्रमिक जेल परेका छन् ।  रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरूले नेपालीमाझ लोकप्रिय रहेका मदिरा बनाउने, बिक्री वितरण गर्ने र सेवन गर्ने गरेका छन् । त्यस्तो कार्यमा संलग्नहरूलाई त्यहाँको प्

Read More

दुई महिनाअघि दुबई पुगेका १५ नेपाली अलपत्र, नेपाल फर्काऊ भन्दा म्यानपावरको धम्की

Posted on February 11, 2024 | views : 951 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं | आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत् वैदेशिक रोजगारीका लागि करिब दुई महिनाअघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका १५ नेपाली अहिले दुबईको मुस्तफा–२६ मा अलपत्र परेका छन् । पोखराको जब प्लेसमेन्ड सर्भिस प्रालिमार्फत दुबई पुगेका उनीहरू सम्झौताअनुसारको काम र पारिश्रमिक नपाएपछि अल

Read More