नेपाल सुपर लिग: आज पोखरा थन्डर्स र ललितपुर सिटीबीच खेल हुदै

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो चरणको खेलमा जित निकालेका दुवै टोली आजको खेलमा पनि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । पहिलो खेलमा पोखराले चितवनलाई पराजित गरेको थियो भने ललितपुरले बुटवल लुम्बिनीलाई पराजित गरेको थियो ।

आजको खेलमा जित निकाल्ने टोली ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!