म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा भारतविरूद्धको तेस्रो टी-२० खेलमा अस्ट्रेलियाको जित

Posted on: 29 Nov, 2023

मङ्सिर १३, काठमाडौँ  | ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा अस्ट्रेलियाले घरेलु टिम भारतविरूद्धको तेस्रो टी-२० खेलमा जित निकालेको छ। 

मंगलबार गुवाहाटीमा भएको खेलमा भारतमाथि अस्ट्रेलियाले ५ विकेटको जित निकालेको हो। यससँगै सिरिजमा अस्ट्रेलियाले भारतको अग्रता २-१ मा झारेको छ। 


मंगलबार भारतले दिएको २२३ रनको लक्ष्य अन्तिम बलमा चौका प्रहार गरेर पूरा गर्ने क्रममा म्याक्सवेलले नटआउट १०४ रन जोडे।

अन्तिम ओभरमा अस्ट्रेलियालाई २१ रन चाहिदा म्याक्सवेलले भारतका प्रसिद्ध कृष्णालाई तेस्रो बलमा छक्का प्रहार गरेपछिको तीन खेलमा लगातार चौका हिर्काएका थिए। उनले ४८ बलमा ८ चौका र ८ छक्का हिर्काए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा २२२ रन जोडेको थियो।

भारतका लागि रुतुराज गायकवाडले नटआउट १२३ रन जोडे। म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा उनको शतक छायाँमा पर्‍यो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!