केपी ओली कप क्रिकेटः सुदुरपश्चिमसँग हारेको पुलिस बाहिरियो, मधेस प्रदेश सेमिफाइनलमा प्रवेश

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ | सुदुरपश्चिम प्रदेशसँग पराजित भएको नेपाल पुलिस क्लब पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पुलिस सुदुरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएको थियो । पुलिस पराजित हुँदा समूह सीबाट रनरेटका आधारमा मधेश प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।


मधेशले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको थियो । बराबर अंक रहेका मधेशको रनरेट १.४७२, पुलिसको १.०८४ र सुदुरपश्चिमको ३.२२९ छ ।

यसअघि बागमती प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । मंगलबार नै हुने दोस्रो खेलले सेमिफाइनल खेल्ने चौथो टिमको टुंगो लाग्नेछ ।

त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बीचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!