फिफा वरीयतामा नेपाल दुई स्थान खस्कियो

Posted on: 30 Nov, 2023

मङ्सिर १४, काठमाडौँ | फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम दुई स्थान तल खस्किएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल वरीयताको १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७३औँ स्थानमा थियो ।


नेपालले फिफाको नोभेम्बर विन्डोमा विश्वकप छनोटअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) र यमनसँग खेलेको थियो । छनोटमा यूएईसँग ४–० ले र यमनसँग २–० ले पराजित भएका कारण नेपालको वरीयता खस्किएको हो ।

नयाँ वरीयताअनुसार शीर्ष स्थानमा अर्जेन्टिना छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा बेल्जियम र पाँचौँमा ब्राजिल छन् ।

नयाँ वरीयताअनुसार दक्षिण एसियामा भने भारत शीर्ष स्थानमा छ । भारत वरीयताको १०२औँ स्थानमा छ । दक्षिण एसियाली वरीयताको दोस्रो स्थानमा रहेको माल्दिभ्स १६१, चौथो स्थानको बंगलादेश १८३, पाँचाँै स्थानको भुटान १८४, छैटौँ स्थानको पाकिस्तान १९५ र सातौँ स्थानको श्रीलंका २०४औँ स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!