नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदै

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच खेल हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा आज काठमाडौँ लगातार दोस्रो जित निकाल्ने योजनामा रहँदा एफसी चितवन पहिलो जितको खोजीमा हुनेछ ।

काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो ।

जारी लिगमा काठमाडौँले एक खेलबाट ३ अङ्क जोडेको छ भने चितवन अंकविहीन छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!