कोशीलाई आर्मीले दियो १ सय ८६ रनको लक्ष्य, भीम र सन्तोषको अर्धसतक

Posted on: 28 Nov, 2023

मङ्सिर १२, काठमाडौँ |  पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको हो ।

आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरे । सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।


बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १-१ विकेट लिए ।

उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बीचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यसअघि मधेश प्रदेश, बागमती प्रदेश र शसस्त्र प्रहरी बल ९एपीएफ० मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!