नेपाल सुपर लिग:- आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुँदै

Posted on: 30 Nov, 2023

मङ्सिर १४, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी र धनगढी एफसीबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

आजको खेलमा धनगढी दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने योजनामा रहेको छ । धनगढी एफसीले आफ्नो पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई पराजित गरेको थियो भने बुटवल ललितपुर सिटी एफसीसँग पराजित भएको थियो ।

जारी लिगमा धनगढी ३ अंकका साथ चौथो स्थानमा रहेको छ भने अंकविहीन रहेको बुटवल लुम्बिनी पुछारमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!