एनएसएल फुटबलमा: आज बुटवल लुम्बिनी र इलामबीच खेल हुँदै

Posted on: 03 Dec, 2023

मङ्सिर १७, काठमाडौँ | नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज एफसी बुटवल लुम्बिनी र स्पोर्टिङ इलाम डे मेची एफसीबीच खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा इलाम दोस्रो जित निकाल्ने योजनामा रहँदा बुटवल लुम्बिनी पहिलो जितको खोजीमा हुनेछ । 

जारी लिगमा इलामले यसअघिका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने बुटवल लुम्बिनी दुवै खेलमा पराजित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!