अफ्रिकामा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा

Posted on: 15 Aug, 2024

साउन ३१, काठमाडौँ । अफ्रिकाका केही भागबाट मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ। सङ्गठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रूपमा समेत व्याख्या गरेको छ ।

मंकीपक्स एक सङ्क्रामक रोग हो । अफ्रिकी देश कङ्गोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ । 


अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा पनि तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले  रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति  चिन्ता व्यक्त गरेका छन्।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!