राजनीति |


गौशालामा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप

Posted on November 27, 2023 | views : 677 |

मङ्सिर ११, गुलरिया | मेडिकल व्यवसायी प्रसाईंका समर्थक र प्रहरीबिच गौशालामा झडप भएको छ। प्रदर्शन गरिरहेका प्रसाईंका समर्थकलाई प्रहरीले लाठ्ठी चार्ज गरेको हो। आज प्रसाईंका समर्थकहरूले गौशालामा प्रदर्शन गरिरहेका छन्। उनीहरुले गौशालाबाट र्‍याली निकालेका छन् भने सडकमै सुतेर प्रदर्शन गरेका छन्। 

Read More

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

Posted on November 27, 2023 | views : 498 |

मङ्सिर ११, जनकपुरधाम | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरू

Read More

ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

Posted on November 26, 2023 | views : 1295 |

मङ्सिर १०, काठमाडौं | नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।  आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी

Read More

रवि लामिछाने भन्छन्- दुई तिहाइ दिनुस् कस्तो व्यवस्था र संविधान चाहिन्छ हामी देखाइदिन्छौं

Posted on November 26, 2023 | views : 675 |

मङ्सिर १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूहरु गणतन्त्रवादी कि राजावादी भन्दै प्रश्न उठाउनेहरु धेरै रहेको बताएका छन्। वादीको पछाडि लाग्न जनमत बाँडिने भएकाले आफूहरुको पहिलो लक्ष्य भ्रष्टाचारको सफाइ भएको उनको भनाइ छ। सप्तरीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले अहि

Read More

प्रस्तावित राजदूत पौड्यालविरुद्ध उजुरीः कर्मचारीको छात्रवृत्ति आफ्नै छोरीलाई दिलाएको आरोप

Posted on November 26, 2023 | views : 596 |

मङ्सिर १०, काठमाडौँ | क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालमाथि सरकारी स्रोतको दुरूपयोग गरेको आरोप लागेको छ। सरकारले राजदूतमा सिफारिस गरेपछि संसदको सुनुवाइ समितिले पौड्यालमाथि १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। उनीविरुद्ध परेको उजुरीमा सरकारी कर्मचारीका लागि आएको छात्रवृत्तिमा आफ्न

Read More

ताप्लेजुङमा योगेश भट्टराईलाई कालो झण्डा

Posted on November 26, 2023 | views : 613 |

मङ्सिर १०, काठमाडौँ | पहिचान पक्षधरहरुले एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको फुङलिङस्थित निवास अघि कालो झण्डासहित प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा युवा संघका कार्यकर्तासँग घम्साघम्सी समेत भएपछि आक्रोशित पहिचान पक्षधरहरुले पराजुली चौकमा पुगेर नाराबाजी सहित कोणसभा समेत गरे। उ

Read More

दुर्गा प्रसाईं समूहले भक्तपुरको कार्यक्रम स्थगित गर्दै सांस्कृतिक कार्यक्रम मात्रै गर्ने

Posted on November 26, 2023 | views : 628 |

मङ्सिर १०, काठमाडौं | दुर्गा प्रसाईं समूहले भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गर्दै सांस्कृतिक कार्यक्रम मात्रै गरिने बताइएको छन् | दुर्गा प्रसाईं संयोजकत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालले आज भक्तपुरमा गर्ने भनेको कार्यक्रम स्थगित गरेको छ । महाअभियानको सचिव

Read More

काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले गरे प्रदर्शन

Posted on November 25, 2023 | views : 498 |

मङ्सिर ९, काठमाडौँ | काठमाडौंस्थित सिफलमा राजावादी र दुर्गा प्रसाईंका समर्थकले प्रदर्शन गरेका छन्। शनिबार दिँउसो सिफलमा भएको प्रदर्शनमा सहभागी हुन प्रसाईँ भक्तपुरस्थित निवासबाट प्रहरीको स्कटिङमा आएका हुन्। प्रदर्शनकारीले हिन्दू राज्य र राजतन्त्रको पक्षमा नारा लगाएका छन्। उनीहरुको प्रदर्शनलाई लक्षित

Read More

व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठन भएको हो:- रवि लामिछाने

Posted on November 25, 2023 | views : 577 |

मङ्सिर ९, रौतहट | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले पुराना दल र तिनका नेताहरूकै कारण अहिलेको ब्यवस्थाप्रति जनतामा निराशा छाएको बताएका छन् ।  शनिबार रौतहटको चन्द्रपुरमा पत्रकारहरुसँगको अन्तरक्रियामा लामिछानेले लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको आन्दोलन र प्रा

Read More

जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइनेछ : प्रधानमन्त्री प्रचण्ड

Posted on November 25, 2023 | views : 419 |

मङ्सिर ९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान र सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताएका छन् । जलवायु न्युनीकरण फाउन्डेसन

Read More

मेरो घरमा बिजुली काटेर दिनभरि थुनेर राखियो: दुर्गा प्रसाईँ

Posted on November 24, 2023 | views : 839 |

मङ्सिर ८, काठमाडौँ | व्यवसायी दुर्गा प्रसाईंले शनिबार (भोलि) तीनकुनेमै आन्दोलनको कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि तीनकुनेमै कार्यक्रम गर्ने बताएका हुन्। उनले आन्दोलनमा सहभागी हुन भोलि आफ्नो घरअगाडि आउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Read More

झापा लागे पूर्वराजा ज्ञानेन्द्र, राप्रपाले ७ हजार मोटरसाइकलको र्‍यालीसहित भोलि शक्ति प्रदर्शन गर्ने

Posted on November 24, 2023 | views : 598 |

मङ्सिर ८, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन डेढ सातादेखि झापामै बसेर भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । दुर्गा प्रसाईंले काठमाडौंमा हजारौं मान्छे उतारेपछि राप्रपाका लागि पूर्वराजाको भ्रमण विशेष बनाउनुपर्ने चुनौति छ । पूर्वराजा ज्ञानेन्द्र आज झापामा उत्रेर मेचीनगर रिसोर्टमा बास बस्ने

Read More

चेतना नभएका मुर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेका छन्: ओली

Posted on November 24, 2023 | views : 582 |

मङ्सिर ८, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘राजसंस्था’ लाई ‘मरेको प्रेत’ संज्ञा दिएका छन् । जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र फेरि फर्किन नसक्ने उनले टिप्पणी गरे । आज युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले राजावादीहरुलाई आफ्नो निशाना बनाएका हुन् । २०४ वर्षसम्म

Read More

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

Posted on November 24, 2023 | views : 733 |

मङ्सिर ८, काठमाडौँ | भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भ

Read More

जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्छ, निषेधको राजनीति टिक्दैनः रवि लामिछाने

Posted on November 24, 2023 | views : 586 |

मङ्सिर ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुर्गा प्रसाईंको आन्दोलनमा सरकारले गरेको निषेधपूर्ण व्यवहारप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । आज मधेसमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताका मुद्दा जसले पनि उठाउन पाउनुपर्ने बताए । वीरगञ्जमा आयोजित एउटा भेटघाट

Read More

असुरक्षाका कारण प्रसाईं आजको प्रदर्शनमा नजाने

Posted on November 24, 2023 | views : 616 |

मङ्सिर ८, काठमाडौँ | असुरक्षाको कारण देखाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं शुक्रबार घरबाट बाहिर ननिस्किने भएका छन्। प्रसाईंको भक्तपुरको ठिमीस्थित घर वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।  प्रसाईं समूहले शुक्रबार काठमाडौँको तीनकुनेबाट प्रदर्शन सुरु गर्ने जनाएको थियो। प्रसाईंका सचिव

Read More

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

Posted on November 24, 2023 | views : 428 |

मङ्सिर ८, काठमाडौँ | संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो । यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबा

Read More

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ(अपडेट)

Posted on November 24, 2023 | views : 497 |

मङ्सिर ८, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अध

Read More

तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

Posted on November 24, 2023 | views : 486 |

मङ्सिर ८, काठमाडौँ | तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ ।  स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक

Read More

दुर्गा प्रसाईँ भन्छन्– जनताका लागि बोल्दा म ‘हाउस एरेस्ट’ हुनुपर्ने, गणतन्त्र यसैका लागि हो ?’

Posted on November 24, 2023 | views : 534 |

मङ्सिर ८, काठमाडौँ | आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे । ‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने’ उनले प्रश्न गरे, ‘हामी

Read More

प्रशासनले भन्यो– दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन

Posted on November 24, 2023 | views : 387 |

मङ्सिर ८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ ।  बिहीबार (हिजो) राष्ट्रिय

Read More

प्रहरीद्वारा दुर्गा प्रसाईँ आफ्नै घरमा नजरबन्द

Posted on November 24, 2023 | views : 1302 |

मङ्सिर ८, काठमाडौँ | गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत थप आन्दोलनको कार्यक्रमलाई लक्षित गर्दै प्रहरी-प्रशासनले नयाँ रणनीति बनाएको छ । प्रसाईँको भक्तपुर थिमीस्थित निवासमा प्रहरी तैनाथ गरिएको छ । नेपाल प्रहरीको विशेष कार्यदल (एसटीएफ) को टोलीले अहिले दुर्गा प्रसाईँको

Read More

आज दुर्गा प्रसाईँको दोस्रो दिनको आन्दोलन तीनकुने केन्द्रित हुने

Posted on November 24, 2023 | views : 441 |

मङ्सिर ८, काठमाडौं | मेडिकल व्यावसायी दुर्गा प्रसाईँको नेतृत्वमा आज पनि काठमाडौंमा प्रदर्शन हुने भएको छ । आज तीनकुनेलाई केन्द्र बनाएर आन्दोलनलाई जारी राख्ने प्रसाईँले जनाएका छन् ।  ‘व्यवस्था परिवर्तन नभएसम्मका हाम्रो आन्दोलन जारी रहन्छ, शुक्रबार हामी तीनकुनेलाई केन्द्र बनाएर आन्दोलन गर्नेछौ’ उन

Read More

प्रसाईँलाई समर्थन गर्दै रवीन्द्र मिश्रले भने- ०४७ को संविधानमा टेकेर नवीन समझदारीमा जाओस्

Posted on November 23, 2023 | views : 749 |

मङ्सिर ७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन जनाएका छन् । प्रसाईंले व्यवस्था परिवर्तनको लागि आज काठमाडौंमा हजारौं मानिस उतारेपछि नेता मिश्रले समर्थन गर्दै आन्दोलन जारी राख्न भनेका हुन् । उनले फेशबुकम

Read More