रास्वपाका मिलन भन्छन्- सोचे जस्तो मत आएन

Posted on: 29 Apr, 2024

बैशाख १७, काठमाडौँ | इलाम क्षेत्र नम्बर २ अन्तरगत भएको निर्वाचनमा रास्वपाले अपेक्षा गरेभन्दा कम मत पाएको छ । ४ वटा पालिकाको मत गणना सक्दा रास्वपा चौथो स्थानमा छ ।

फाकफोकथुम चुलाचुली, माङ्सेवुङ्ग गाउँपालिका र माई नगरपालिकाको मतगणना सकिदा रास्वपाले जम्मा १६३६ मत पाएको छ । यो अपेक्षा गरे भन्दा कम खसेको रास्वपाका उम्मेदवार मिलान लिम्बु स्वीकार गर्छन् ।

अपेक्षा गरेभन्दा कम मत झर्‍यो उनले भने, ‘हामीले यी क्षेत्रबाट पनि राम्रै मत पाउँछौ भन्ने अपेक्षा गरेका थियौ । तर सोचे जस्तो मत खसेन ।’

उनले बाँकी रहेका २ वटा नगरपालिकामा राम्रो मत आउने अपेक्षा गरे । देउमाई र इलामबाट राम्रै मत खस्छ । उनले भने, जितका लागि पर्याप्त नभए पनि सम्मान जनक मत आउँछ भन्ने अपेक्षा छ ।

 पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४०५  मत पाएका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७७६९ मत पाएका छन् ।  त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् । 

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!