राजनीति |


माइतीघरबाट डा. गोविन्द केसीसहित ७ जना प्रदर्शनकारी पक्राउ

Posted on January 06, 2024 | views : 335 |

पुस २१, काठमाडौं | माइतीघर मण्डलबाट चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीसहित सात जना प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने, सबै नेपालीलाई स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राखी डा. केसी सहितका युवाले शनिबार माइतीघर मण्डलमा श

Read More

विद्यमान व्यवस्थाको सही व्यवस्थापनमा दल चुक्दा प्रश्न उठे : सांसद विक

Posted on January 06, 2024 | views : 239 |

पुस २१, काठमाडौँ | विसं २०७९ को आमनिर्वाचनबाट नयाँ उमङ्ग, उत्साह बोकेर हामी जसरी प्रतिनिधिसभामा प्रवेश गरेका थियौँ, त्यसअनुरुप काम गर्न नसकिएको अवस्था छ । जुन उद्देश्यले नेपाली जनताले हामीलाई चुनेर पठाएका थिए, त्यसअनुसार काम गर्न नसक्दा दुःख लागेको छ । पछिल्लो एक वर्षमा सोचेअनुरुप कानुन बनाउन सकेनौँ

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित

Posted on January 06, 2024 | views : 253 |

पुस २१, काठमाडौँ | नेपाली कांग्रेसले आजका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश भोलि दिउँसो १ बजेका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Read More

आज रास्वपाले ५६ वटा वडामा अधिवेशन गर्दै

Posted on January 06, 2024 | views : 338 |

पुस २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।  वडा अधिवेशनका लागि रास्वपा

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

Posted on January 06, 2024 | views : 253 |

पुस २१, काठमाडौँ | नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि बोलाइएको छ । आगामी माघ ११ गते हुन

Read More

सर्लाहीमा प्रदर्शन: ३० वर्षीय जयशंकरको मृत्यु, ६ प्रहरीसहित ८ जना घाइते

Posted on January 05, 2024 | views : 740 |

पुस २०, काठमाडौं | सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएको युवकको पहिचान खुलेको छ । मृत्यु हुने बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् । तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दो

Read More

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

Posted on January 05, 2024 | views : 251 |

पुस २०, काठमाडौं | अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन् । २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका

Read More

बालकोटमा ओलीसँग झण्डै एक घण्टा रविको भेट, के भयो कुराकानी ?

Posted on January 05, 2024 | views : 339 |

पुस २०, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए । उनले भने, ‘उहाँहरूबीच भेटवार्ता नभएको लामो समय भए

Read More

रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता

Posted on January 05, 2024 | views : 346 |

पुस २०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रबार अध्यक्ष ओलीलाई भेट्न सभापति लामिछाने ओली निवास बालकोट पुगेका हुन् ।  अध्यक्ष ओली र सभापति लामिछानेबिच भेटवार्ता भएपनि के विषयमा कुराकानी भएको हो

Read More

नेपालस्थित भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौतामा एमालेको आपत्ति

Posted on January 05, 2024 | views : 299 |

पुस २०, काठमाडौं | भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका आयोजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौतामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । यो सम्झौताले अनावश्यक राजनीतिक हस्तक्षेप बढ्ने एमालेको आशंका छ । राज्य व्यवस्था समितिको शुक्रबार बिहानको बैठकमा नेकपा एमालेका सांसद रघु ज

Read More

राष्ट्रपति पौडेल आज तनहुँ र बुटवल जाँदै

Posted on January 05, 2024 | views : 285 |

पुस २०, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ र बुटवलका कार्यक्रममा सहभागी हुन् जाँदै छन् । राष्ट्रपति पौडेल आज गृहजिल्ला तनहुँको भानु नगरपालिकास्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी कार्यक्रममा सहभागी हुँदै छन् । शतवार्षिकी कार्यक्रमको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।&n

Read More

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

Posted on January 05, 2024 | views : 218 |

पुस २०, काठमाडौं | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ । राष्ट्रियसभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।   नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट

Read More

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

Posted on January 05, 2024 | views : 226 |

पुस २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् ।  भ्रमणको क्रममा उनले मलेसियामा रहेका नेपाली सम

Read More

भैरहवामा ज्ञानेन्द्र शाहको सम्बोधन : राष्ट्रको अस्तित्वमाथि खिया लाग्दैछ

Posted on January 04, 2024 | views : 418 |

पुस १८, काठमाडौँ | पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गइरहेको बताएका छन् । बिहीबार शुक्रवार रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा पूर्वराजा शाहले नेपाल र नेपालीहरू परावलम्बी र परनिर्भर बन्दै गएकाले आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिँदै गइरहेको पनि बताएका छन् । ‘हाम्रो व

Read More

प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै

Posted on January 04, 2024 | views : 246 |

पुस १९, काठमाडौं | प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू संयुक्त बैठक आज फेरि बस्दै छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बिहान ९ बजे फेरि बस्दै छ । हिजो (बुधबार) बेलुका भएको छलफलले कुनै निष्कर्स ननिस्केपछि आज फेरि तीनै दलका नेत

Read More

आज नेपाल आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

Posted on January 04, 2024 | views : 229 |

पुस १९, काठमाडौँ | भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्रीका रु

Read More

बालुवाटारमा केपी ओली !

Posted on January 03, 2024 | views : 389 |

पुस १८, काठमाडौँ | प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्न उनीसहितका नेताहरू बालुवाटार पुगेका हुन् ।  यसअघि बालुवाटारमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा)

Read More

वन मन्त्रालयमै अनसन बस्ने कांग्रेस सांसद खड्काको घोषणा

Posted on January 02, 2024 | views : 441 |

पुस १७, काठमाडौँ | नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन मन्त्रालयमा अनसन बस्ने घोषणा गरेका छन् । आफ्नो लगानीमा खुल्न लागेको रिसार्टलाई अनुमति नदिएर सरकारी निकायले दुःख दिएको भन्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । रिसोर्ट सञ्चालनका लागि ४ वर्षसम्म सरकारी निकायले अनुमति नदिएर झुलाएको आरोप लगाउँदै

Read More

गाली बेइज्जती गरेको भन्दै कान्तिपुरविरुद्ध रविले हाले मुद्दा

Posted on January 02, 2024 | views : 918 |

पुस १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट प

Read More

प्रधानमन्त्री प्रचण्डको आशंका- बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्छ

Posted on January 01, 2024 | views : 287 |

पुस १६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटना गणतन्त्रविरुद्धको डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका छन् । मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले त्यो घटनामा बाहिर देखे जस्तो चिजभित्र नभएको बताए । प्रधानमन्त्री प्रचण्डको भनाइः अस्तिको घ

Read More

प्रकाश ज्वालाको बचाउ गर्दै माधवले भने- सूचनाको अभावमा फस्नुभो

Posted on January 01, 2024 | views : 332 |

पुस १६, काठमाडौँ |  सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् । नेकपा (एस) का उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भिडमा पुगेका

Read More

४ घण्टापछि छुटे मन्त्री अनिता देवीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा

Posted on January 01, 2024 | views : 415 |

पुस १६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीसहित जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन् । महेन्द्र पुलिस क्लबमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं पुगेर रिहा गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए । जनमतले ‘राष्ट्रिय धोती दिवस’ को ¥यालीमा ¥याली निषे

Read More

मन्त्री अनिता देवीले पुलिस क्लबमै थालिन् अनसन

Posted on January 01, 2024 | views : 278 |

पुस १६, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले अनसन थालेकी छन् । जनमत पार्टीको ‘राष्ट्रिय धोती दिवस’ को र्‍यालीमा र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । धोतीलाई राष्ट्रिय पोशा

Read More

सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न प्रदर्शन, तीन युवा पक्राउ

Posted on January 01, 2024 | views : 300 |

पुस १६, काठमाडौँ | देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्रै तीन युवाले अर्धनग्न प्रदर्शन गरेका छन्।  प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरु मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पार्टीका कार्यकर्ताहरु रहेको प्रहरीले जनाएको छ। उनीहरुले शरीरको माथिल्लो भागमा नो

Read More