भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ

Posted on: 29 Apr, 2024

बैशाख १७, भक्तपुर | भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । 

भक्तपुर नगरपालिका ३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 


फाजुले ती बालिकालाई पटक(पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!