इलाम २ को मत अपडेट: सुहाङले १४ हजार ६१३ मत ल्याउँदा अरु कसको कति ?

Posted on: 29 Apr, 2024

वैशाख १७, काठमाडौँ । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १४ हजार ६१३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का ९६११ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ५३०२ मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ८५७० मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु २०५७ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ३५ हजार ६११ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!