तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ । 


स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो । प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन । 

प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!