पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

Posted on: 24 Nov, 2023

मङ्सिर ८, काठमाडौँ | संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।

यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।

आजकै बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूतविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!