एमालेको आकस्मिक बैठक बस्दै

Posted on: 29 Sep, 2024

असोज १३, काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ।


ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्ने बैठक पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने गरि महासचिव शङ्कर पोखरेलले बोलाएका हुन् ।

बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!